Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

आरती साहको न्यायको लागि सडकमा उत्रिए नेता प्रभु साह

आरती साहको न्यायको लागि सडकमा उत्रिए नेता प्रभु साह

कार्तिक २२ काठमाण्डौं -

छोरीको न्यायको लागि १४६ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका आरती साहका परिवारलले अझै न्याय पाएन । यत्तिका दिनसम्म पीडितहरु नै न्यायका लागि सडकमा उभिँदा पनि राज्य मुकदर्शक भएकोमा चारतिरैबाट सरकारको आलोचना हुँदै आएको छ । यसैबिच आमजनता पार्टीका अध्यक्ष प्रभु साहले आरती साह पनि पीडित परिवारको धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।

आज दिउँसो काठमाडौंको माइतीघरमा पीडित परिवारको जारी धर्नामा सहभागी भई अध्यक्ष साहले न्यायको लागि ऐक्यबद्धता जनाएका हुन् । उनले राज्यबाट पीडितलाई न्याय दिलाउन बेवास्ता भएकोमा खेद प्रकट गर्दै काठमाडौंजस्तो केन्द्रमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय भएको बताए ।

उनले भनेका छन नेपालमा लोकतन्त्र छ, गणतन्त्र छ । यो युगमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय हो । राज्यबाट जसरी बेवास्ता भएको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु । र, आरती साहको परिवारको मागमा ऐक्यबद्धता जनाउन चाहन्छु ।’ उनले गाउँबाट न्याय माग्दै आउँदा सरकार संवेदनाहीन बनेको भन्दै पीडितलाई चाँडो न्याय दिलाउन माग गरे । यता गृह मन्त्रालयले साहका बुवा विनोदप्रसाद साहलाई पत्र पठाएर आधिकारिक प्रतिनिधि तोकेर वार्तामा आउन आग्रह गरेको थियो । तर सरकार र आरती पक्षबीच वार्ता हुनसकेको छैन ।

घटनामा उनका आरतीका श्रीमान् र ससुरा पक्राउ परेपनि अनुसन्धान कमजोर गरिएको भन्दै आरतीका आफन्त निरन्तर आन्दोलनमा थिए । उनीहरूले धनुषा प्रहरी प्रमुख विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै आएका थिए । अन्तत लामो समयदेखि माइतीघरमा आन्दोलनरत साहका आफन्तले एसपी खड्कालाई जिम्मेवारीबाट हटाए मात्रै सरकारसँग वार्ता गर्ने अडान लिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको थियो ।

जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी साह ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साहको परिवार लामो समयदेखि धर्नामा छ ।

सो प्रकरणमा आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार समेत पठाएको थियो। मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्काले मुद्दा कमजोर बनाएको उनीहरुको आरोप थियो ।प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएको छ ।खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको उपप्रधान एवं गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले बताए ।