कात्तिक २३-
के तपाई पत्याउन सक्नुहुन्छ २० रुपैयाले कसैको ज्यान लिन सक्छ त ?सुन्दा पनि अचम्म लाग्ने यो अपत्यारिलो घटना अर्घाखाँचीमा घटेको छ । अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक महिलाको हत्या भएको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका–९ गोखुङ्गा पात्लेमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेका अनुसन्धानबाट रहस्य खुलेको हो। मालारानी स्थायी ठेगाना भइ भुमिकास्थान १, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतित सिंह राठोरले बताए।
गत कार्तिक १४ गते २० रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए। झगडाले उग्र रुप लिंदै जाँदा झगडा गर्ने क्रममा वृद्धा भुसाललाई घरमा एक्लै देखेपछि मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरीसमक्ष स्विकार गरेका छन्।
हत्यापछी उनले भएको नगद र सुनका गरगहना चोरी गरेर फरार भएका थिए। २० रुपैयाँको झगडाले उग्र रुप लिंदै जाँदा महिलाको ज्यान गएको खुलेको हो। नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रहरीले नेपालीलाई सार्वजनिक पनि गरेको छ।
https://www.facebook.com/laligurashmedianetwork/videos/2036143996746712
यसैबिच २० बर्ष अघि २०६० साल फागुन १३ गते अर्घाखाँचीको सितगङ्गा नगरपालिका वडा नम्बर ८ चरिङ्गेको धोन्द्रेखोला बस्ने रोल्पाको साबिक गाबिस वडा नम्बर २ कि ४५ बर्षिय नन्दा घर्तिको हत्या गरेको आरोप लागेका फरार अभियुक्तलाइ प्रहरीले पक्राउ गरि सार्बजनिक गरेको छ ।
अभियुक्त केशलाल घर्तिलाइ अर्घाखाँची जिल्ला अदालत बाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रोल्पा जिल्लाको साबिक गाम गाबिस वडा नम्बर २ घर भइ दाङको साबिक गोबरडिहा गाबिस वडा नम्बर १ टहरा बस्ने अभियुक्त घर्तिलाइ लुकिछिपी बसिरहेको अबस्थामा गत असोज २८ गते इलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीबाट खटिएको प्रहरीको टोलिले स्थानिय प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।
अभियुक्त घर्ती रोल्पा सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम स्थित लुकिछिपी बसिरहेको अबस्थामा गत असोज २८ गते पक्राउ परेका थिए । पक्राउ परेका घर्तिले मृतकको परिवारसङ्ग पुरानो रिसिबि र पैसाको लोभमा हत्या गरेको खुलेको छ । अभियुक्त घर्तिले २ पटकको प्रयासमा हत्या गरेको खुलेको छ ।
उनले २०६० साल फागुन ८ गते पनि नन्दा घार्तिसङ्ग डर त्रास देखाइ पैसा मागेको र नदिएपछी चरम यातना दिएको बयानमा बताएका छन । त्यसपछी पिडित सो स्थानबाट भागेकी थिइन । तर दोस्रो पटक चारिङ्गे स्थित घर बाहिर आएको बेलामा फेरि अभियुक्त कटवाले भन्ने केशलाल घर्तिले नन्दा घर्तिको घाँटी अठ्याइ हत्या गरि फरार भएको अनुसन्धान बाट खुलेको अर्घाखाँची जिल्लाका सूचना अधिकारी प्रहरी निरीक्षक बिक्रम रिजालले जानकारी दिनुभएको छ ।