Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सन्दिप लामिछानेको मु द्दाको फै सला आज आउने (भिडियो सहित हेर्नुहोस )

सन्दिप लामिछानेको मु द्दाको फै सला आज आउने (भिडियो सहित हेर्नुहोस )

कार्तिक २२ ,काठमाडौं–

राष्ट्रिय टिमका लेग स्पिनरसन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबार काठमाडौं जिल्ला अदालतमा हुँदैछ। कहिले न्यायधिस अभाव त कहिले कागजप्रमाणमा अल्मलिएको क्रिकेटर लामिछाने मुछिएको बलात्कार मुद्दाको फाइनल पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन । सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो। तर यस मुद्दाको सुनुवाईमा भने पटक पटक बिभिन्न कारणहरु देखाउदै स्थगित भइरहेको थियो ।

सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि मुद्दाको सुनुवाइ पेसी विभिन्न बहानामा सर्दै आइरहेको छ । गत फागुन १५ मा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै मुद्दामा जिल्ला अदालतलाईफास्ट ट्रयाक तथा कन्टिनियस हेयरिङका प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो । उक्त आदेश दिएको ८ महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।

https://www.facebook.com/laligurashmedianetwork/videos/1742159362896109

जसले गर्दा सन्दिप लामिछाने मानसिक रुपमा खेलकुद प्रति पूर्ण रुपमा सक्रिय हुन सकेका थिएनन । यसअघि सुनुवाइमा ढिलो भएको भन्दै लामिछानेले राष्ट्रिय टोलीबाट खेल्न अस्वीकार गरेका थिए। विश्वकप टी–२० एसिया छनोटमा उनको उत्कृष्ट प्रदर्शनमा नेपाल विश्वकपमा छनोट भएको थियो।फाइनल सुनुवाइको बिहीवारको पेसीमा सन्दीपका मुख्य वकिल सरोजकृष्ण घिमीरे भने अनुपस्थित छन्। उनी विभिन्न कार्यक्रमहरूमा भाग लिनका लागि अहिले युरोप टुरमा रहेका छन्। मुद्दामा केही समयदेखि पेसी चढ्ने अनि सर्ने हुँदै आएको छ। एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए। मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।