Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

मधेश सरकारले प्रधानमन्त्रीलाई बुझायो ६ बुँदे मागपत्र

मधेश सरकारले प्रधानमन्त्रीलाई बुझायो ६ बुँदे मागपत्र

कार्तिक २३,काठमाडौँ —

संघीय सरकारले संविधानबमोजिम अधिकार नदिएको भन्दै आन्दोलनको घोषणा गरेको मधेश प्रदेश सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ६ बुँदे मागपत्र बुझाएको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाललाई भेटेर मागपत्र बुझाएपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मागपत्र कार्यान्वयनका लागि सरकारलाई ३० दिनको अल्टिमेटम दिइएको बताए ।

मधेश सरकारले प्रदेश प्रहरी, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गा र गुठी जग्गाको प्रयोग तथा अर्थ र अभियोजनसम्बन्धी विषयहरूमा प्रदेशलाई अधिकार दिनुपर्ने भन्दै ६ बुँदे ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएको छ । मुख्यमन्त्री यादवले संघीय सरकारले संविधानबमोजिम प्रदेशहरूलाई अधिकार नदिने र प्रदेशले काम गर्न नसक्ने, अनि त्यहीकारण जनताले संघीयताकै विरोध गर्ने अवस्था बनेको बताए ।