कार्तिक २३, काठमाण्डौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारसँग ‘ठेक्का मागेको’ छ । रास्वपाले भूकम्पपछिको उद्दार तथा राहतमा सरकारले गरेका कामप्रति सन्तुष्ट हुन नसकेको भन्दै ठेक्का मागेको हो । ‘देशको चौथो ठूलो राजनीतिक दल एवम् जनताको नवीन आशाको केन्द्रबिन्दुमा रहेको नाताले भूकम्पपछिको पुनःस्थापना एवम् पुनर्निर्माणको नेतृत्व रास्वपालाई दिन सरकारसमक्ष अपिल गर्दछ भन्दै बिज्ञप्ती निकाले पाटीले ठेक्का मागेको हो ।
भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण तथा प्रारम्भिक पुनःस्थपनाको चरणसम्म आइपुग्दा सरकारको कार्यशैली र कार्यप्रति रास्वपा कत्ति पनि सन्तुष्ट छैन भन्दै रास्वपा महामन्त्री मुकुल ढकालले एक विज्ञप्ती जारी गर्दै भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारसँग ठेक्का माग गरेका हुन् ।
आफ्नो पार्टीसँग भूकम्पपछिको पुनर्निर्माणमा काम गर्ने विज्ञहरु भएको दाबी गर्दै रास्वपाले ठेक्का मागेको हो । यसरी एउटा राजनीतिक दलले पुनर्निर्माणको ठेक्का माग्नुलाई धेरैले ‘गैरराजनीतिक र स्टन्टबाज’ भनेका छन् । त्यस्तै बैठकले केन्द्रीय सदस्य मोहनबहादुर थापाले केन्द्रीय समितिमा नरहन दिएको निवेदन सदर गरेको छ।
https://www.facebook.com/laligurashmedianetwork/videos/346500744727688
‘केन्द्रीय सदस्य मोहनबहादुर थापाले ३ करोड रुपैयाँ मागेको भनी पार्टीबाट निष्कासित पूर्व सांसद डा.ढाकाकुमार श्रेष्ठले सञ्चारमाध्यमहरूमा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पु¥याउने कार्य भएको भनी थापाले काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गर्नुभएको र सोको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराउनुभएकोमा उहाँको निर्णयलाई स्वीकार गरेको छ,’ रास्वपाले विज्ञप्तिमार्फत् भनेको छ।
पार्टीले प्रतिनिधि सभाको एक वर्षपछि घरदैलो गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय गरेको हो।‘गत मंसिर ४ गते जनमत दिई विजयी गराउनुहुने मतदाताहरूको सम्मानमा यही मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय गरेको छ,’ रास्वपाले विज्ञप्तिमा भनेको छ।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० स्थान जितेको थियो। वैशाख १० गतेको उपनिर्वाचनमा एक सिट जितेर २१ स्थान पु¥याएको थियो। बिहीबारको बैठकले वडा अधिवेशन आयोजक समिति गठनसम्बन्धी विधि र प्रक्रिया तय गरेको रास्वपाले बताएको छ। ‘पार्टीको महाधिवेशन विधिसम्बन्धी थप छलफलका लागि मंसिरको ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने निर्णय भएको छ,’ रास्वपाले भनेको छ।