नेपालीहरुको महान पर्व तिहार संघारमै आईसकेको छ । तिहार भन्ने बित्तिकै देउसी भैलौ, फुलमाला र झिलिमीली बत्ती भन्ने स्मरणमा आईहाल्छ । बिशेष गरि देउसी भैलो तिहारको मुख्य आर्कण हो । अघिल्ला बर्षहरुमा कोभिडका कारण तिहारमा खासै देउसी भैलो खेल्न पाइएको थिएन ।
काठमाडौँ महानगरले जोखिमको कारण देखाउदै अघिल्ला बर्षहरुमा राती ९ बजे सम्म मात्रै खेल्न दिएको थियो तर, यस बर्ष चने महानगरले राती १० बजे सम्म देउसी भैलो खेल्न दिने भएको छ । महानगरका मेयर बालेन शाहले सामाजीक सञ्जाल मार्फत यो कुराको जानकारी दिएका हुन् । उनले भनेका छन् बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको थियो ।
https://www.facebook.com/laligurashmedianetwork/videos/1517525179047908
यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले “ राती १ “ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौ , सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौ।
देउसी भैलो राती १ बजे सम्म खेल्न दिए पनि यसपालीको तिहारमा कृतिम फुलमाला भने प्रयोग गर्न नदिने भएको छ । काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूलमाला र सजावटका सामान किनबेच नगर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र दिपावली तथा छठ पर्वमा घर, पसल सजाउन प्लास्टिकको फूल, माला तथा सजावटका सामानहरू किनबेच नगर्न आग्रह गरेको हो ।
महानगरअन्तर्गत नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार आइतबारदेखि नै त्यस्ता सामान जफत गर्न थालिएको छ । ‘प्लास्टिकजन्य फूलमाला र सजावटका सामान किनबेच नगर्न हामीले पहिले नै सूचना जारी गरेका थियौँ । सूचनालाई अटेर गर्दै बेचबिखन गर्न थालेपछि जफत गर्न थालेका छौँ,’ नगर प्रहरी बल प्रमुख पाण्डेले भने, ‘वातावरणीय हिसाबले पनि यस्ता काम उपयुक्त नभएकाले पहिलो चरणमा नराख्न भन्छौँ । दोस्रोपटक पनि भेटिएमा जफत गर्छौँ । तेस्रोपटक पनि त्यही कार्य दोहोरिएमा कारबाही गर्छौँ ।’
उनका अनुसार प्लास्टिकजन्य सजावटको सामान बिक्री–वितरण नियमन नगर प्रहरी बलले बानेश्वर, कलंकी, गोगबु र बागदरबार क्षेत्रबाट गर्नेछ । नियमनको लागि भन्दै नगर प्रहरी बलको टास्क फोर्स समेत खटिएको महानगरले जनाएको छ । प्लाष्टिकको माला प्रतिबन्धले बिसानलाई प्रात्साहन मिलेको छ भने बाताबरणलाई पनि असर पुर्याउदैन । स्वदेशी उत्पादनको प्रयोगले कृषकहरुलाई आत्म निर्भर बनाउन मद्यत गर्छ भने करोडौँ रुपमा बाहिर जादैन । त्यसैले हामी सबैले यस्तो कुरामा सचेत हुन जरुरी छ ।