कार्तिक २३, काठमाण्डौं ।
मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दु गाउँमा एकैपरिवारका चार जनाको हत्या भएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लामो समय सम्मको अनुसन्धान पछि बल्ल प्रहरी घटनाको नजिक पुगेको हो । गएको १० कात्तिकमा मन्दु गाउँमा आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा भेटिएका थिए । घटनामा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोराको बिभत्स तरिकाबाट हत्या भएको थियो । हत्यापछि घरबाट सुनको औंठी, तिलहरी, लालपुर्जा र केही नगद समेत गायब भएको थियो ।
लगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मुगुसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको थियो । त्यसक्रममा प्रहरीले हालै दुई जनालाई मृतकको घरबाट चोरी गरिएका सामग्रीसहित पक्राउ गरेको बताईएको छ । पक्राउ पर्नेमा गोर्खबहादुर शाही र गोपाल बोहोरा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई लामो समयको प्रयास पछि प्रहरीले पक्राउ गरेको छ ।
https://www.facebook.com/laligurashmedianetwork/videos/288644553731988
मृतक श्रीदेवी बोहोराले प्रयोग गर्ने मोबाइल, सीम कार्ड लगायत पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार हत्याराले खन्य रिसीबी नभई लुटपाटका लागी मात्रै हत्या गरेको सीआईबीले बताएको छ । सीआईबीका एक अधिकृतका अनुसार उनीहरुलाइृ सार्वजनीक गर्नै तयारी भईरहेको छ । उनी भन्छन्, ‘हालसम्मको अनुसन्धानले हत्यामा लुटपाट मात्रै कारण भएको देखाएको छ ।’
पक्राउ परेकाहरुले अभियाग स्वीकार गरेको समेत प्रहरी अधिकृतहरुले बताएका छन् । मृतक श्रीदेवी छोराछोरीसहित ७ कात्तिकमा दशैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन् । भोलिपल्ट घर फर्केका उनीहरूको सोही राति हत्या भएको आशंका गरिएको थियो । छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । तर, १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरू खोजी गरेका थिए ।
त्यसक्रममा फेरि श्रीदेवी माइती गइन् कि भनेर माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले ढोका फोडेर हेरेका थिए । त्यसक्रममा चार जना मृत भेटिएपछि प्रहरीलाई खबर छिमेकीले खबर गरेका थिए । अनुसन्धानका क्रममा आरोपीहरुले हत्यापछि ताला लागेर भागेको बयान दिएको प्रहरी स्रोतले बताएको छ । प्रहरीले यो बिषयमा अनुसन्धान गर्न नसकेपछि सिआईबीको सहयोग लिएको थियो । लामो समय सम्म पनि प्रहरीले कुनै सुराग नभेटे पछि सिआईबीले सहयोग गरेको हो । यो बिषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।