Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गगन थापा र डा. तोसिमा कार्की भुकम्प पिडितका लागी भगवान बनेर पुगे (भिडियो सहित हेर्नुहोस )

गगन थापा र डा. तोसिमा कार्की भुकम्प पिडितका लागी भगवान बनेर पुगे (भिडियो सहित हेर्नुहोस )

कार्तिक २३ ।

यतिबेला बिपदको बेला राजनितीक दलहरुले आफ्नो धर्म निभाईरहेका छ । काँग्रेका महामन्त्री गगनथापा सहितका नेता कार्यकर्ता भुकम्प पिडितका लागी आफै अस्थाई टहरा बनाउदै छन् । रास्वपाका सांसद तोसिमा कार्की लगाएत डाक्टर बिरामी जाँचि रहेका छन् ।

एमाले लगाएतका नेता राहत तथा उद्धारमा खटिएका छन् । यो हो राजनितक धर्म । अघि पछि एकले अर्कोको आलोचना गरे पनि बिपदको बेला भने सबै जना एक जुट हुनु पर्छ । अहिले एउटा नेताले अर्को नेतालाई गाली गर्ने, बिपत्तको समयमा स्टनबाजी गर्ने भन्दा पनि सबैले मिलेर भुकम्प पिडितको उद्धारमा लाग्नु जरुरी छ । अहिले पनि धेरै जनाले आफ्ना पार्टीका नेताको समर्थन र बिपक्षीलाई गाली गर्ने परम्परा छ । यसरी बिपक्षीलाई गाली गर्नुको साटो आफ्नै नेतालाई खबरदारी गर्नु पर्छ । भूकम्पमा नलगाड–१ चिउरीमा १३ दलितको मृत्यु भएपछि गाउँ अझै शोकमा छ ।

https://www.facebook.com/laligurashmedianetwork/videos/261119829876149

हरेक दिन दर्जनौं सवारीसाधनको आवतजावत भइरहेको छ । पीडितलाई राहत दिनेको लस्कर छ । शोकमा डुबेका १३ परिवार र घर भत्किएर क्षति व्यहोरेका पीडितलाई राहत र सान्त्वना दिनेको भीड पनि उत्तिकै छ । इस्तो अवस्थामा मानविय गुण पनि देखाउनु पर्छ । सरकारले पनि सक्दो सहयोग गरिरहेको छ । एकद्धर प्रणली भएकाले राहत बितरणमा कठीनाई भई रहेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापा इन्जिनियरको टोलीसहित चिउरीमा अस्थायी टहरा बनाउन व्यस्त छन्  ।

थापाले भूकम्पपीडितलाई एक–दुई साताका लागि त्रिपाल चाहिने भए पनि पुनर्निर्माणको काम सुरु नहुँदासम्म अस्थायी टहरा आवश्यक पर्ने बताए । यता प्रा। डा। गोविन्द केसी, डा। तोसिमा कार्कीलगायतका चिकित्सकहरू भने भूकम्प प्रभावित क्षेत्रमा बिरामी जाँचिरहेका छन । डा। केसी विगत पाँच दिनदेखि बिरामीको उपचारमा सहभागी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदसमेत रहेकी डा। कार्की रुकुम पश्चिमको सानी भेरी क्षेत्रमा केही दिन बिरामी जाँचेर जाजरकोटको खलंगास्थित जिल्ला अस्पताल फर्किएकी छन् ।

त्यस्तै, निर्वाचन आयोगमा दर्ता नभएको नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरा डा। प्रकाश थापा पनि चिउरीमा बिरामी जाँचिरहेका छन् । डा। प्रकाशले चिउरीमा दुई दिन स्वास्थ्य शिविर चलाउने जानकारी दिए । उनका अनुसार श्रीमती डा। मान्यता थापासहितको टोलीले नलगाड नगरपालिकाको समन्वयमा शिविर चलाइरहेको छ । एमाले, माओबाली लगाएतको टिम पनि जाजरकोट र रुकुम पश्चिममै पुगेर सहयोग गरिरहेका छन् । यतिबेला बिभिन्न संस्था, ब्यक्तिहरु तथा बिदेशी मुलुकहरुले पनि सहयोग गरिरहेका छन् ।