Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल सरकारले प्रशिक्षण प्रतिष्ठानमार्फत सीप सिकाउदै

नेपाल सरकारले प्रशिक्षण प्रतिष्ठानमार्फत सीप सिकाउदै

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्न अब सरकारले व्यावसायिक प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने भएको छ । २३ कात्तिकको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०८० स्वीकृत गरेको थियो । सोही अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको जानकारी गराएको छ । मन्त्रालयका अनुसार दक्ष, प्रतिष्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने लक्ष्य यो प्रतिष्ठानको हुने छ । यसअघि निजी स्तरबाट भइरहेका श्रमिकलाई सीप सिकाउने काम अब यो प्रतिष्ठानबाट हुने बताईको छ । प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी प्रतिष्ठानलाई दिइएको छ । मन्त्रिपरिषद बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकता अनुरूप दक्ष, प्रतिष्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न, गराउनको यस्तो समिति गठन गर्ने निर्णय गरेको थियो ।

उक्त प्रतिष्ठानमा एक अधिकार सम्पन्न सञ्चालक समिति रहने र प्रतिष्ठानको प्रशासकीय प्रमुखको रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था रहेको मन्त्रालयलका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानलाई श्रम बजारको माग बमोजिमको प्रशिक्षणको विषय पहिचान र छनौट गर्ने, प्रशिक्षणको पाठ्यक्रम तथा मापदण्ड स्वीकृत गरी लागु गर्ने, प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्ने गराउने जिम्मेवारी दिईएको छ ।

यसैगरी वाह्य तालिम प्रदायक संस्थाहरुको दर्ता, आवद्ता, सूचिकरण, अनुगमन निर्देशन र आवश्यक समन्वय तथा नीतिगत व्यावस्था गर्ने, प्रतिष्ठानबाट सञ्चालन हुने प्रशिक्षणलाई अन्तराष्ट्रिय संघ संस्थाबाट मान्यता दिलाउन आवश्यक व्यवस्था मिलाउने, स्वदेशी रोजगारदाता कम्पनी, गन्तव्य मुलुक, तालिम प्रदायक अन्य संस्थासँग समन्वय गरी प्रशिक्षणको आवश्यक व्यवस्था मिलाउने सम्मको अधिकार प्रतिष्ठानलाई छ । यस प्रतिष्ठानबाट आगमी दिनमा ६ महिना अवधि सम्मको व्यवसायिक र सीपमूलक तालिम सञ्चालन गरिने छ । यस प्रयोजनका लागि पाठ्यक्रम तयार गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने सीपको परीक्षण गर्ने र प्रमाणपत्र जारी गर्ने कार्य समेत यो प्रतिष्ठानबाट गरिने प्रावधान राखिएको छ ।

मन्त्रिपरिषद बैठकबाट स्वीकृत उल्लेखित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश २०८० राजपत्रमा प्रकाशित गरी लागू गरिने मन्त्रालयले जनाएको छ । अधिकांस नेपालिहरु श्रमिकका रुपमा विदेश पलायन हुदा उनीहरु बिनासिप नै पलायन हुने गर्छन् । जसरि हुन्छ ब्देश जानु छ तर विदेश गएर के गर्ने भन्नेबारे उनीहरु अन्योलमै हुन्छन् । यसरि सिप,तालिम बिना बैदेशिक रोजगारीमा जादा धेरै नेपालि दाजुभाईहरु अलपत्र परेको समाचार हामीले सुनिरहेका हुन्छौ /देखिरहेका हुन्छौ । यसकारण सरकारले गरेको यो निर्णय निकै स्वागतयोग्य छ । यसरि देशमा भएका युवाहरुलाई सिप तालिम दिएर आत्मनिर्भर र दक्ष बन्न सरकारले नै बाटो देखाईदिएपछि बेरोजगारिको समस्या साथै बिदेशमा गएर सिप र तालिमको अभावमा अलपत्र पर्ने र स्वदेश नै फर्कनुपर्ने सम्मको अवस्था आउदैन ।