Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

महेश बस्नेतको दुर्गा प्रसाईंलाई चेतावनी,भन्छन् एमाले र युवा संघ के हो प्रसाईंलाई ७ गते देखाइ दिन्छौं (भिडियो सहित हेनुहोस)

महेश बस्नेतको दुर्गा प्रसाईंलाई चेतावनी,भन्छन् एमाले र युवा संघ के हो प्रसाईंलाई ७ गते देखाइ दिन्छौं (भिडियो सहित हेनुहोस)

काठमाण्डौं मंसिर ३ ।

यतिबेला देशमा राजाबादी र गणतन्त्रबादीहरुको बिचमा मनमुटाब बढ्दो छ । देश अब राजतन्त्र ल्याउनु पर्ने माग सहित विभिन्न कार्यक्रम भईरहेका छन् । राजाबादीहरु बड्न थाले संगै राजनितीक दलहरुको बिचमा पनि हलचल सुरु भएको छ ।

यो ब्यवस्था ढालेर राजतन्त्र फर्काउने अभियानमा मेडिकल ब्यबसायी दुर्गाा प्रसाईँ सक्रिय भएका छन् । बिशेष गरेर मंसिर ७ गतेको कार्यक्रमले यतिबेला देश तातेको छ । एकै दिन युवा संघ र राजाबादीको कार्यक्रम परेपछि दुर्गा प्रसाईँ र महेश बस्नेत बिरुद्ध वाक युद्ध नै परिरहेको छ । नेकपा एमालेका नेता महेश बस्नेतले व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते युवा संघ र एमाले देखाइदिने चेतावनी दिएका छन् ।

https://www.facebook.com/laligurashmedianetwork/videos/1425281285001496

यता दुर्गा प्रसाई पनि के कम ७ गते सडकमा लाखौँ जनता उतार्ने बताउँदै हिडेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई दुखेको बस्नेतले बताएका छन् । अहिलेको व्यवस्थामाथि प्रहार हुँदा एमाले मौन बस्न नसक्ने बताए। एनले भन्े ‘हामी व्यक्तिको चरित्र हत्या र हिंसा गर्नेतिर जाँदैनौं। हामी शान्तिपूर्ण संघर्षको माध्यमबाट समाज रुपान्तरणको सिद्धान्तमा अगाडि बढेको छौं उनले व्यवसायी दुर्गा प्रसाईंलाई चेतावनी दिँदै भने, मदन भण्डारीको सिद्धान्त जनताको बहुदलीय जनवादलाई आत्मसाथ गरेर ७ गते हामी देखाइदिन्छौं। युवा संघ नेपाल के हो ? अनेरास्ववियु के हो ? एमालेको जनसंगठन के हो ? एमाले के हो ? भन्ने कुरा हामी देखाउँछौं।’ उनले भनेका छन् ।

यता दुर्गा प्रसाईको राजाबादी प्रदर्शन , महेश बस्नेतको नेतृत्वमा युबा संघ सडकमा आउँदै छन् । पछिल्लो समय देशमा सामाजीक सद्भाब खल्बलीन लागेको भन्दै सरकारले सामाजीक सञ्जाल टिकटक पनि बन्द गरेको छ । टिकटकमा पछिल्लो समय राजाबादी र गणतन्त्र बादीहरुको बहस चर्किन थाले संगै टिकटक पनि ब्याण्ड भई सकेको छ । ७ गतेको कार्यक्रमलाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्था पनि मजबुत बनाईदै छ ।

पछिल्लो समय बड्दै गहिरहेको गतिबिधिले देश नै संकटमा पर्न सक्ने धेरैले आँकलन गरेका छन् । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि युवा संघका विद्यार्थीहरुलाई सिमा पार नगर्न आग्रह गरेका छन् । तर, ७ गतेको कार्यक्रममा यसै भन्न सक्ने अवस्था पनि छैन् । एक अर्काका प्रतिद्धोन्दीले एकै दिन शक्ति प्रर्दशन गरिरहदा झडप तथा मुठभेदको स्थीती आउन सक्ने भएकाले समेम्ता अपनाउन पनि जरुरी छ । देशमा भई रहेको ब्यवस्था भन्दा फरक ब्यवस्था ल्याउने चेष्टा भईरहेकाले यसबाट नेपाली जनतालाई भने असर पर्नै देखिन्छ ।