Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

टिकटक चलिरहेको भए खबर गर्न दूरसञ्चार प्राधिकरणको आग्रह

टिकटक चलिरहेको भए खबर गर्न दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं, मंसिर ३-

नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ।

आइतबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटक प्रयोगमा रोक लगाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको हो।

प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्ता कम्पनीका बारेमा जानकारी गराउन इन्टरनेट सेवाग्राहीलाई दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८०र०७र२७ गतेको बैठकले सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्ष निकाल्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो।