Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

माओवादी केन्द्र र नेसपाको एकता प्रक्रिया अघि बढ्यो

माओवादी केन्द्र र नेसपाको एकता प्रक्रिया अघि बढ्यो

मंसिर ३ ।

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको पार्टी एकता वार्ता समितिको बैठकले नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको वार्ता समितिले पार्टी एकता समिति नै गठन गर्न सुझाव दिएको छ ।

आइतबारको वार्तापछि दुबै पार्टीको वार्ता समितिले संयुक्त विज्ञप्ति जारी गरी पार्टी एकताका लागि दुबै पार्टीको नेतृत्वलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको जानकारी दिएको छ ।

आइतबार बसेको पार्टी एकता संयोजन समिति बैठकले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरेको हो ।

माओवादी केन्द्र वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टी वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्ति ः

आज मिति २०८० मङसिर ३ गते नेकपा (माओवादी केन्द्र) र ने.स.पा. बिचको पार्टी एकता वार्ता समितिको बैठक बस्यो । बैठकको प्रारम्भमा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ भयो । बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो । दुई पार्टीबीच एकता वार्ताका लागि माओवादी केन्द्रले कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएका थिए ।