मंसिर ४ ।
निःशुल्क चलाउन मिल्ने एउटा भीपीएन एपका साढे दुई करोड प्रयोगकर्ताको डेटा लिक भएको छ । सरकाले सामाजीक सञ्जाल टिकटक बन्द गर्न निर्णय गरे संगै धेरै टिकटक प्रयोग कर्ताले भिपिएनको प्रयोग गरिरहेका छन् ।
साइबर सुरक्षासम्बन्धी लेख्ने साइबरन्युजका अनुसार ’बिन भीपीएन’ ले प्रयोगकर्ताको डेटा भएको आफ्नो डेटाबेसमा सार्वजनिक रूपमा पहुँच दिँदा यस्तो घटना भएको हो । दुर सञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक संस्थालाई टिकटक बन्द गर्न निर्देशन दिए संगै धेरैको मोबाईलमा टिकटक बन्द भईसकेको छ । केहि मात्रामा भने इन्टरनेटहरुले टिकटक नहटाएका कारण कसै कसैकोमा चलिरहेको छ । भिपीएन्ले तपाईंलाई विश्वभरिबाट इन्टरनेट सामग्रीमा पहुँच गराउँछ, भौगोलिक प्रतिबन्धहरू नगर्नुमा सहायक हुन्छ। तपाई बसेको स्थानको ठेगाना यस्ले दिदैन् । अन्य स्थानको ठेगाना दिने भएकाले यो अशुरक्षित पनि हुन सक्छ ।
https://www.facebook.com/laligurashmedianetwork/videos/1377545569816907
टिकटक अकाउन्टमा फेक आईडी बनाएर तपाँईको चरित्र हत्या गर्ने,बिभिन्न गैरकानुनी काममा सामेल पनि हुने जस्ता जोखिम पनि हुन सक्छ । तपाईले आफ्नो सुरक्षाका लागी साईबर जानु भयो भने भिपीएनले सहि ठेगाना दिदैन । त्यसैले अपराधिको मनोबल झनै बढ्न सक्ने खतरा हुन्छ । १८.५ जीबीको उक्त ओपन डेटाबेस हालै आफूले फेला पारेको साइबरन्यूजको दाबी छ । ठूलो परिमाणमा डेटा चुहावट हुनुको कारण असुरक्षित इलास्टिक सर्च भएको बताइएको छ ।
यसको अर्थ डेटाबेसलाई असुरक्षित छोडेर जोकोहीलाई भीपीएनको डेटाबेसमा पहुँच दिनु हो । बिन भीपीएनको सो डेटाबेसमा प्रयोगकर्ताको आईडी, आईपी एड्रेस, भीपीएन कनेक्सन टाइमस्ट्याम्प लगायतका विवरण भएको बताइएको छ । त्यस्तै चुहावट भएको डेटा अझै पनि खतरामा रहेको चेतावनी दिइएको छ । गुगल प्ले स्टोरमा मात्र उपलब्ध यस एपमा भएको घटनाबारे अनुसन्धान भइरहेको बिन भीपीएनले जानकारी दिएको छ ।
साथै एपलाई प्ले स्टोरबाट लुकाइएको पनि कम्पनीले जनाएको छ । कम्पनीको वेबसाइटमा भने अर्को भीपीएनको विज्ञापन देख्न सकिन्छ । पछिल्लो समय निःशुल्क चलाउन मिल्ने भीपीएनहरूबाट थुप्रै पटक डेटा चुहावट भएका घटना बाहिरिएका छन् । हाल नेपालमा सरकारले सामाजिक सञ्जालको प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउँदा भीपीएन डाउनलोड गर्नेको संख्या बढ्दो छ । त्यस्तोमा फ्री भीपीएन चलाउँदा सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन् ।