मंसिर ४ -
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ ।
टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । २७ चैतमा मन्त्रिपरिषद बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए । ती रिटमाथिको सुनुवाइ सोमबारका लागि तोकिएको थियो ।
टिकटक प्रतिबन्धविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ। आज हन्ड्रेड ग्रुप्स र दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, ‘सरकार हिजो बन्दुकसँग डराउने आज टिकटकसँग’, ‘टिकटक हैन जाजरकोटलाई ध्यान दे’लगायतका नारासहित माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।
टिकटक प्रतिबन्ध गरेको भन्दै सामाजिक सञ्जालमा सरकारको टीकाटिप्पणी भइरहेको छ। कतिपयले सरकारको यो निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले भने बन्द नभई नियमन गर्नुपर्ने बताउँदै आएका छन । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेपछि रिट दायर गरिएको हो ।
सामाजिक सञ्जालमा सम्प्रेषित गलत सामग्रीले जातीय, भाषिक, धार्मिक सद्भाव खलबलाउने, राष्ट्रिय एकता र राष्ट्रहितमा प्रतिकूल असर गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने देखिएपछि साइबर ब्युरोले टिकटक कार्यालयसँग छलफल गरेको थियो । छलफलपछि त्यस्ता सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउने तयारी थियो तर, क्याबिनेटको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
सरकाले सामाजीक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाए संगै प्रयोग कर्ताहरुले अनेकौँ उपाए अपनाउन थालेका छन् । अहिले दुर सञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक संस्थालाई टिकटक बन्द गर्न निर्देशन दिए संगै धेरैको मोबाईलमा टिकटक बन्द भईसकेको छ । केहि मात्रामा भने इन्टरनेटहरुले टिकटक नहटाएका कारण कसै कसैकोमा चलिरशेको छ । तर, भरैले सामाजीक संञ्जालमा भिपिएनबाट टिकटक चलाउन थालेको र अरुलाई पनि चलाउन भन्दै आएका छन् । निःशुल्क चलाउन मिल्ने एउटा भीपीएन एपका साढे दुई करोड प्रयोगकर्ताको डेटा लिक भएको छ । त्यसैले यसको प्रयोग नर्गन सरकारले अनुरोध गरेको छ ।