मंसिर ४ -
हालै इजरायली सेनाले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो सार्बजनिक गरेको छ । इजरायल डिफेन्स फोर्स आईडिएफले गएराति ट्विटरमार्फत भिडियो सार्बजनिक गर्दै यो जानकारी दिएको हो।
https://www.facebook.com/laligurashmedianetwork/videos/1074847983528030
इजरायलमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था पत्ता लाग्न नसकिरहेको अवस्थामा इजरायल डिफेन्स फोर्स आईडीएफ ले एउटा भिडिओ सार्वजनिक गर्दै उनी हमासको अपहरणमा परेको जानकारी दिएको छ। यता प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर लगेकाहरु मध्यमा कञ्चनपुरका विपिन जोशी पनि रहेको इजरायली सुरक्षा फौजले पुष्टि गरेको छ । दूतावासले विपिनको पछिल्लो अवस्थाबारे भने यकिन गर्न नसकिएको जनाएको छ ।
उनी अहिलेसम्म सम्पर्कविहीन रहेको बताउँदै इजरायलस्थित नेपाली दूतावासले खोजी कार्य जारी रहेको जानकारी दिएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले गत अक्टोबर ७ तारिखका दिन इजरायलमा आक्रमण गर्दाको भिडिओ सार्वजनिक गर्दै आईडीएफले भनेको छ, ‘यो नरसंहारका दिन ७ अक्टोबर २०२३ को बिहान १०ः४२ बजेदेखि ११ः०१ बजको बीचमा शिफा अस्पतालको दस्तावेज हो, जसमा बन्धकहरू, एक नेपाली र एक थाई नागरिकलाई इजरायली क्षेत्रबाट अपहरण गरेर लगिएको थियो। हमासका सशस्त्र ‘आतंकवादी’ले घेरा हालेका थिए। एकजना बन्धक घाइते छन् र उनलाई अस्पतालको बेडतर्फ लगिँदै छ र अर्का हिँडिरहेका छन्।’
इजरायलको किबुज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाई लगेकामध्ये विपिन जोशी पनि रहेको दूतावासले बताएको हो । इजरायलस्थित नेपाली दूतावासले नेपाली विद्यार्थी विपिन जोशीलाई प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरी लगेको पुष्टि भएको जनाएको छ ।
दूतावासले आज एक विज्ञप्ति जारी गरी हमासले बन्धक बनाई गाजातर्फ लगेकाहरूमा विपिन पनि रहेको इजरायली डिफेन्स फोर्स ९आईडिएफ० ले जनाएको उल्लेख गरेको छ । आईडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएका छ ।
विज्ञप्तिमा भनिएको छ, ‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किबुज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु मध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् ।’ तर दूतावासले विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र उनी हालसम्म पनि सम्पर्कविहीन नै रहेको बताएको छ । दूतावासले विपिनको खोजी र उद्धारका लागि पहल भइरहेको जनाएको छ ।
यता, परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने विपिन गाजास्थित एक अस्पतालमा स्वस्थ अवस्थामा रहेको खबर प्राप्त भएकाले यसबारेमा पुष्टि हुने आधार खोजिरहेको बताइन् । उनले विपिनको रिहाइका लागि सम्बन्धित निकायसँग पहल भइरहेको जानकारी दिइन् । प्रवक्ता लम्सालले विपिनको अवस्थाको बारेमा वास्तविकता पत्ता लगाइ छिट्टै सूचना सार्वजनिक गर्ने बताइन् । हालसम्म पनि सम्पर्कविहीन जोशी सम्पर्कविहीन नै रहेको र खोजी जारी रहेको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। परराष्ट्रमन्त्री नारायणप्रकाश ९एनपी० साउदले विपीनलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन् ।
मन्त्री साउदले इजरेल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिएका छन् । मन्त्री साउदले शनिबार बिहान जोशीका बुबा–आमा र दाजुसित भेटसमेत गरेका थिए ।