Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

माइतीघरमा दुर्गा प्रसाईँ र युवा संघलाई कार्यक्रम गर्न नदिने निर्णय

माइतीघरमा दुर्गा प्रसाईँ र युवा संघलाई कार्यक्रम गर्न नदिने निर्णय

मंसिर ४ ।

मङ्सिर ७ मा दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए ।

यतिबेला देशमा राजाबादी र गणतन्त्रबादीहरुको बिचमा मनमुटाब बढ्दो छ । देश अब राजतन्त्र ल्याउनु पर्ने माग सहित विभिन्न कार्यक्रम भईरहेका छन् । राजाबादीहरु बड्न थाले संगै राजनितीक दलहरुको बिचमा पनि हलचल सुरु भएको छ । यो ब्यवस्था ढालेर राजतन्त्र फर्काउने अभियानमा मेडिकल ब्यबसायी दुर्गाा प्रसाईँ सक्रिय भएका छन् । बिशेष गरेर मंसिर ७ गतेको कार्यक्रमले यतिबेला देश तातेको छ ।

एकै दिन युवा संघ र राजाबादीको कार्यक्रम परेपछि दुर्गा प्रसाईँ र महेश बस्नेत बिरुद्ध वाक युद्ध नै परिरहेको छ । नेकपा एमालेका नेता महेश बस्नेतले व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते युवा संघ र एमाले देखाइदिने चेतावनी दिएका छन् । यता दुर्गा प्रसाई पनि के कम ७ गते सडकमा लाखौँ जनता उतार्ने बताउँदै हिडेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई दुखेको बस्नेतले बताएका छन् ।

अहिलेको व्यवस्थामाथि प्रहार हुँदा एमाले मौन बस्न नसक्ने बताए। हामी शान्तिपूर्ण संघर्षको माध्यमबाट समाज रुपान्तरणको सिद्धान्तमा अगाडि बढेको छौं उनले व्यवसायी दुर्गा प्रसाईंलाई चेतावनी दिँदै भने, मदन भण्डारीको सिद्धान्त जनताको बहुदलीय जनवादलाई आत्मसाथ गरेर ७ गते हामी देखाइदिन्छौं। युवा संघ नेपाल के हो ? अनेरास्ववियु के हो ? एमालेको जनसंगठन के हो ? एमाले के हो ? भन्ने कुरा हामी देखाउँछौं।’ उनले भनेका छन् । यता दुर्गा प्रसाईको राजाबादी प्रदर्शन , महेश बस्नेतको नेतृत्वमा युबा संघ सडकमा आउँदै छन् ।

पछिल्लो समय देशमा सामाजीक सद्भाब खल्बलीन लागेको भन्दै सरकारले सामाजीक सञ्जाल टिकटक पनि बन्द गरेको छ । टिकटकमा पछिल्लो समय राजाबादी र गणतन्त्र बादीहरुको बहस चर्किन थाले संगै टिकटक पनि ब्याण्ड भई सकेको छ । ७ गतेको कार्यक्रमलाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्था पनि मजबुत बनाईदै छ ।

पछिल्लो समय बड्दै गहिरहेको गतिबिधिले देश नै संकटमा पर्न सक्ने धेरैले आँकलन गरेका छन् । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि युवा संघका विद्यार्थीहरुलाई सिमा पार नगर्न आग्रह गरेका छन् । तर, ७ गतेको कार्यक्रममा यसै भन्न सक्ने अवस्था पनि छैन् । एक अर्काका प्रतिद्धोन्दीले एकै दिन शक्ति प्रर्दशन गरिरहदा झडप तथा मुठभेदको स्थीती आउन सक्ने भएकाले समेम्ता अपनाउन पनि जरुरी छ । देशमा भई रहेको ब्यवस्था भन्दा फरक ब्यवस्था ल्याउने चेष्टा भईरहेकाले यसबाट नेपाली जनतालाई भने असर पर्नै देखिन्छ ।