मंसिर ६ ।
मेडिकल ब्यबसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नजवरक बचाऊ महाअभियान’ ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौँ आएका सर्वसाधारणलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटेको भनिएको छ ।
तर, युवा संघ कै कार्यकर्ता भए पनि मध्य रातमा यस्तो हर्कत गर्न सुहाउँछ । त्यो मध्यराती लखटिएको भिडमा कति जेष्ठ नागरिक पनि छन् । महिला दिदी बहिनी छन् । यसरी लखेट्नु के गणतन्त्रको उपलब्धि हो । नागरिकलाई बोल्न पाउने अधिकार यी नै गणतन्त्रबादीहरुले ल्याएर आज उनीहरुमाथी नै यस्तो अत्याचार गर्न थोरै भए पनि सरम लाग्नु पर्ने हो ।
https://www.facebook.com/laligurashmedianetwork/videos/1314770452561687
हिजो राति चाबहिलस्थित एक पार्टी प्यालेसमा सुतिरहेको अवस्थामा अमानवीय तवरले आफूलाई युवा संघका कार्यकर्ता बताउने एक समूहले उनीहरुलाई लखेटेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ । भिडियोमा पार्टी प्यालेसमा अधिकांश महिलाहरू देखिएका छन् । उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर ! तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको देखिन्छ । महिलाहरूले भने, ‘पर्खिनुस् न, लुगा त लाउन दिनुस्’ भन्दै याचना गरेको देखिन्छ ।
महिलाहरुले हामीलाई ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, भन्दा पनि राती राती नै यसरी लखट्नु त अन्याय होईन । उज्यालो भएपछि हामी जान्छौँ’ भनेर बिन्ती गर्दा पनि ‘हुँदैन’ भनेर तुरुन्त फर्किन चेतावनी दिएको भिडियोमा प्रस्ट सुनिन्छ । भिडियोमा आफूलाई युवा संघको बताउने युवकले, ‘युट्युबमा दुर्गा प्रसाईं भनेर कुर्लिएजस्तो होइन । देखाइदिन्छौँ भनेको होइन, अब हामी देखाइदिन्छौँ, सबैलाई काठमाडौँबाट लखेटेर’ भनेर बोलेको आवाज सुनिन्छ । भिडियोको अन्तिममा ‘दुर्गा प्रसाई पागललाई फोन गरेर युवा संघले लखेट्यो भनेर भन्नुस्’ भनिनएको छ ।
प्रसाईंका समर्थक रहेक रविन अर्यालले युवा संघका कार्यकर्ताले अमानवीय तवरले संवेदनहीन काम गरेको बताए । यता युवा संघका प्रवक्ता निरोज पौडेलले भने प्रसाईं समर्थकहरूलाई आफूहरूले लखेट्ने काम नगरेको बताए । युवा संघको बदनाम गर्न नाम लिएको दाबी गरेका छन् । उनले मानवीय संवेदनाको विषयमा युवा संघ गम्भीर भएकाले यस्तो हरकत आफूहरूबाट हुन नसक्ने र नगर्ने बताए ।
नत दुर्गा प्रसाई नत युवा संग दुबैले एक अर्कालाई दोसारोपण गरे पनि ति अबोध जनताको के गल्ती थियो मभ्यरातमा लखट्न । बिचरा थाकेर आएका उनीहरु आराम गर्न नपाउदै यस्तो ज्याजती । जस्को समर्थकका लागी आएको भए पनि त्यस्तो तल्लो स्थरको ब्यबहार गनु भनेको मानबरुपी नरपीचास बन्नु हो । एक अर्काको शत्रु बनेर सोझा जनतालाई दुख दिने परिपाटि कहिले सम्म । यो बिषयमा सरकारको ध्यानाकष्र्ण हु न जरुरी छ । ति जुनसुकै पार्टीका कार्यकर्ता हुन कारबाहिको भागेदार बन्नु पर्छ ।