मंसिर ६ ।
‘प्रचण्ड’ को भारत भ्रमणमा सबैभन्दा चर्चा पाएको विषय थियो, मुर्रा राँगो । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणको क्रममा नेपाललाई १५ वटा मुर्रा जातका राँगा दिने कुरा बाहिएपछि सो कुरालाई लिएर सामाजिक सञ्जालमा ट्रोल भयो। प्रधानमन्त्री दाहालले भारत भ्रमणबाट राँगो लिएर आएको भन्दै सामाजिक सञ्जालमा निकै टिकाटिप्पण्ी उठेको थियो । बहुचर्चित भारतीय मुर्रा राँगा लामो प्रतीक्षापछि नेपाल आइपुग्ने भएका छन्।
आज बाँकेको नेपालगंजस्थित रुपैडिया–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याइँदै छ । नेपाललाई भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा नेपालगस्थित रुपैडिया–जमुनाहा नाकामा आइपुग्ने नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा.विनयकुमार कर्णले बताए ।
https://www.facebook.com/laligurashmedianetwork/videos/726007052731848
उनका अनुसार ती राँगा ट्रकमा ल्याउन लागिएको हो । उनकाअनुसार उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएका राँगाको स्याहारका लागि एकजना भेटेरिनरी डाक्टर पनि सँगै रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुर्रा जातको राँगा ल्याउने सम्झौता ७ वर्षअघि नै भएको बताएका थिए ।
नेपालमा आज आइपुग्ने १५ मुर्रा राँगालाई एक दिनका लागि नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखिने छ । भारतले दिन लागेको यी राँगा राष्ट्रिय पशु प्रजनन कार्यालय बाँके, लहान र पोखरामा राखिने विभागका अधिकारी ढकालले बताए। सरकारले ७ वर्षअघि नै उन्नत जातका राँगा दिन भारतसँग आग्रह गर्दै आएको थियो।गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला राँगा दिने सहमति भएको थियो।स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न स्थानमा पठाइने उनले बताए । राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा राखिने छ । राँगाबाट पोखरा, नेपालगञ्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने जनाइएको छ ।
भारतमा अनुवांशिक जातका रांगा निर्यात गर्ने प्रावधान नभएपछि अनुदानमा ल्याउन लागिएको हो । पशुसेवा विभागका अनुसार नेपालका मुर्रा जातका भैंसीले एक बेतमा १८ सयदेखि २२ सय लिटर दूध दिन्छन । भारतबाट ल्याइने उच्चनश्लका मुर्रा राँगाबाट जन्मेका भैंसीले प्रति वेतमा तीन हजार दुई सय लिटरसम्म दूध दिने विश्वास गरिएको छ ।
पशु सेवा विभागका वरिष्ठ पुश विकास अधिकृत एवं सूचना अधिकृत चन्द्र ढकालका अनुसार भारतबाट मुर्रा जातका राँगा ल्याउने प्रयास २०७३ सालदेखि नै सुरू भएको थियो। खासगरी देशमा रहेको रैथाने भैंसीहरूको नस्ल विकास गर्नलाई भारतबाट उच्च नस्लको मुर्रा राँगा ल्याउन लागिएको ढकाल बताउँछन्।उनका अनुसार मुर्रा जातका राँगा र स्थानीय भैंसीलाई क्रस गरेपछि त्यसबाट जन्मिने बच्चापछि गएर दूध दिने भएपछि उक्त भैंसीको दूध उत्पादकत्व वृद्धि हुन्छ।
यसरी दूधको उत्पादनमा वृद्धि हुने भएपछि यसले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने उनी बताउँछन्। अहिले ल्याउन लागिएको मुर्रा राँगा भारतमा भएका राँगाहरूमध्ये उच्च प्रजननमान क्षमता रहेको भनिएको छ। नश्ल सुधारका लागि मुर्रा राँगा ल्याइने भएकाले यसबाट धेरै किसानले फाइदा लिने पशु विभागको दाबी छ । नश्ल सुधारका लागि नेपाल ल्याउने भनिएका मुर्रा जातका राँगाको अध्ययन नेपाली प्राविधिक टोलीले भारत गएर गरिसकेपछि ल्याउन लागिएको हो।