Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दुर्गा प्रसाइँलाई नपत्याउँदै पूर्व राजा ज्ञानेन्द्र झापा पुगेपछि प्रसाईँ आक्रोसित (भिडियो सहित हेर्नुहोस)

दुर्गा प्रसाइँलाई नपत्याउँदै पूर्व राजा ज्ञानेन्द्र झापा पुगेपछि प्रसाईँ आक्रोसित (भिडियो सहित हेर्नुहोस)

मंसिर १०-

गत बिहीबारदेखि मेडिकल व्यवसायीसमेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् ।

उनको आन्दोलन राजावादी भनिए पनि राजावादी पार्टी राप्रपाले भने संस्थागत रूपमा साथ दिएको छैन । राप्रपामा सांसद ज्ञानेन्दै शाहि ,रबिन्द्र मिश्रमात्रै प्रसाईको कित्तामा खुले । प्रसाईलाई न त आधिकारीक रुपमा सिङगो राप्रपाले नै साथ दिएको छ ।

https://www.facebook.com/laligurashmedianetwork/videos/693958799380998

राप्रपा त परको कुरा प्रसाइृले ल्याउने भनेकै राजा ज्ञानेन्द्र स्वयम् आन्दोलनप्रति मौन छन् । तर, राप्रपाको हिजोको आन्दोलना झापा पुगेर राम्रो साथ दिए । यता पुर्व राजा ज्ञानेन्द्रले नपत्याए पछि प्रसाई आक्रोसित बनेका छन् । आन्दोलनको पहिलो दिन बिहीबार करिब ९ हजार समर्थकलाई काठमाडौँमा उतारेर आन्दोलन थालेका प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट पीडित भएकाहरुको ऋण मिनाहाका साथै राजतन्त्र पुनर्स्थापनाको एजेण्डा पनि अघि सारे । शुक्रबारसम्म आइपुग्दा तीनकुनेमा आन्दोलनका लागि तयारी गरेका कैयन राजावादी संगठनका कार्यकर्ता गिरफ्तारीमा परे ।

त्यसमा प्रसाई आफै नजरबन्दमा परे । प्रसाईंको आन्दोलनमा राजवादीहरू नै पक्राउ पर्दा, प्रसाईलाई घरबाट बाहिर निश्कन नदिदा सम्म पूर्वराजा चुइँक्क नबोल्नुले उनको आन्दोलनप्रति पूर्वराजाको दृष्टिकोण प्रस्टै देखिएको छ । बरु शाह काठमाडौँमा प्रसाईंले आन्दोलन गरिरहेकै बेला झापा पुगेर अर्को कार्यक्रममा सहभागी भए तर प्रसाई तिर खुलेका छैनन् । राप्रपाले हिजो हजारौँ राजावादीहरू झापा उतार्याे तर, प्रसाइलाई छुट्याएको सिफमै राजाबादीहरु हराए ।

बिहिबारको आन्दोलनमा देखिएको उपस्थिती सम्झेर सिफलमा ठाउँ दिईयो, त्याहाँ नअट्ने हुनकी भन्ने प्रहासनलाई चिन्ता थियो तर, त्यहि सिफको चैरमा मात्रै सिमीत बने राजाबादीहरु । यता बिर्तामोडको उक्त कार्यक्रममा पूर्वराजासँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएका थिए भने राप्रपाका अन्य केन्द्रीय नेताका साथै हजारौँ राजावादीहरूको उपस्थिति रहेको थियो ।

उनीहरुले राजतन्त्रको पक्षमा चर्को नाराबाजी गर्नुका साथै काठमाडौँमा दुर्गा प्रसाईंले गर्दै आएको आन्दोलन भन्दा भव्य देखाउने प्रयास गरेका थिए । तर, आफ्नो प्रत्यक्ष सहभागितामा भएको कार्यक्रममा पूर्वराजा सहभागी भएको विषयलाई लिएर राप्रपा उत्साहित देखिएको छ । राजावादी पार्टी र राजाबादी समूहभित्र पूर्वराजाको नजिक को बन्ने भन्नेमा होडबाजी छ । यस्तो अवस्थामा पूर्वराजाले काठमाडौँमा प्रसाईलाई साथ नदिनु र झापा जानुले पनि प्रसाई पुर्व राजाको कार्य प्रति असन्तिुष्ट छन् ।

राजतन्त्रको समेत एजेण्डा बोकेर दुर्गा प्रसाई आन्दोलनमा होमिएको बेला राप्रपाले घोषित रूपमा साथ नदिने बरु झापामा अर्को कार्यक्रम गरेर पूर्वराजालाई उपस्थित गराउनु आफैमा रोचक भएको कतिपयको भनाइ छ ।

यता दुर्गा प्रसाईंको आन्दोलनबारे सुरुमा देशभर तीव्र चासो रहेपनि शनिबारसम्म आइपुग्दा सामान्य अवस्थामा आइपुगेको छ । प्रशासनसँगको छलफलपछि शनिबार भने उनको प्रदर्शन त भयो नै तर उपस्थितिको सङ्ख्या न्यून थियो । उनी आफैँले पनि त्यसको स्वीकार गरेका छन् भने उपत्यकावासीले नै आन्दोलनमा साथ नदिएको गुनासो पोखेका छन् ।

सिफलमा आयोजित प्रदर्शनमा बोल्दै उनले युवाहरू बिदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे । यस्तै प्रसाईंले आफ्नो आन्दोलनमा सहभागी हुन काठमाडौँका मेयर बालेन शाहलाई समेत आग्रह गरेका थिए । आज कार्यक्रम नै स्थिगीत गरेर सांस्कृतिक कार्य कार्यक्र तर्फ हानिएका छन् ।