Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिस्वप्रकाश शर्माको पहलमा १८ बर्षपछी बिदेशमा हराएका छोराको घर फर्किएपछी (भिडियो सहित हेर्नुहोस )

बिस्वप्रकाश शर्माको पहलमा १८ बर्षपछी बिदेशमा हराएका छोराको घर फर्किएपछी (भिडियो सहित हेर्नुहोस )

मंसिर १० -

भनिन्छ , शास रहुञ्जेलसम्म आश हुन्छ , यस्तै आश रहिरयो झापा मेचीनगरकी सानी घिमिरेललाई । उनको छोरा गोपाल घिमिरे १९ बर्षको उमेरमा मलेशिया पुगेका थिए ।

मलेसिया पुगेको छोरामाथि एक सातापछि गैरकानुनी कामदार भएको आरोप लाग्यो , त्यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर भयो । यता बुढि आमा छोराको फोन कतिबेला आउला भन्दै पिढिमा बसिरहे दिनहु रोईरहिन ।

https://www.facebook.com/laligurashmedianetwork/videos/1262911101192043

दिन बित्दै साता दिन बित्दै महिना दिन बित्दै बर्ष दिन बित्दै थियो । तर छोरा कस्तो अवस्थामा होला भन्ने कुनै खबर कहिकतैबाट आएन । छोराको फोन आउला भन्ने आशैआशमा १८ बर्ष बितेको थियो । अन्तत छोरा गोपाल घिमिरे १८ बर्षपछि सम्पर्कमा आएर यतिबेला घरमा आएका छन । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् ।

१८ वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो त्त मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताए । ‘गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो’, सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भने, ‘यो नै सबैभन्दा ठूलो खुसी हो ।’

विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले यतिबेला खुसीको सिमा छैन । खुसीका आशु पुछदै उनी भन्छिन छोरा खोजिदिन पहल गरिदिनुहुने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गरिएकी छन ।

गोपालले मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको बताएका छन ’गैरकानुनी कामदार भएपछि बस्न र खानै मुस्किल परेको थियो’, उनले आमासँग आफ्नै घरमा भेट भएपछि भनेका छन , ’यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ । आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु ।’ घरमा गोपालको एक छोरा पनि छन् । उनकी आमा सानी नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्याएर गुजारा चलाउँदै आईकि छन ।

गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली रु एक लाख चार हजार एक सय ६० तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पङ्गेनीले जानकारी दिए।विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए। घर फर्किँदा उनी ३७ वर्षको भएका छन्।

घरको आर्थिक स्रोतले खान लाउन नपुग्ने जनाउँदै छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा रहेको बताइन्। अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो। उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी सुरु भएको थियो। शुक्रबार क्लालाम्पुरबाट काठमाडौं आएका गोपाल शनिबार घर आइपुगेका सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।