Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ज्ञानेन्द्र शाहिले गगन थापालाई थर्काउनु थर्काए,भन्छन् घरमा बाबू आमा र देशमा राजाको सम्मान गर्न सिक्नुहोस (भिडियो सहित हेर्नुहोस )

ज्ञानेन्द्र शाहिले गगन थापालाई थर्काउनु थर्काए,भन्छन् घरमा बाबू आमा र देशमा राजाको सम्मान गर्न सिक्नुहोस (भिडियो सहित हेर्नुहोस )

मंसिर १० -

पछिल्लो समय देशमा राजा ल्याउनु पर्न खाज उठेपछि राजनितीस्क दलहरु संसकित बनेका छन् । राजनितीक दल मध्य राप्रपा त झनै राजतन्त्र फर्काउनु पर्ने भन्दै कार्यक्रम पनि गर्दै हिडेको छ ।

बिहिबार देखि दुर्गा प्रसाईले र हिजो राप्रपाले झापामा पुर्व राजा सहभागी भएर कार्यक्रम गरेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र फर्काउन मन भऐ पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति दिएका थिए ।

‘पूर्वराजाले पनि जुवाको च्याखे खालमा दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, कांग्रेस भिड्न तयार छ’ ‘जाने पार्टी खोल्ने, चुनाव लड्ने, हाम्रो संविधानले दिन्छ, (बहुमत) ल्याउने संविधान बदल्ने फेर्ने फर्काउने, नेपाली कांग्रेस यो कुराका लागि तयार छ ।’ उनले भनेका थिए । उनले यस्तो अभिब्यक्ति दिए पछि राप्रपा सांसद ज्ञानेन्द्र शाहिले चुनौतीको सामाना गर्न तयार रहेको बताएका छन् ।

भारतको दिल्लीमा अमेरिकन र युरोपियन युनियनको सहयोगमा १२ बुदेँ दिल्ली सम्झौता ले ल्याएको बिदेशी ब्याबस्था ढल्दै गएपछी र मालिक आतिएपछी दिउसै बर्बराउनु स्वभाबिक भएको प्रतिकृया दिएका छन् । उनले आफुहरुले राष्ट्रपतिय ब्याबस्था नमाने सम्मान गरेको भन्दै पुर्व राजा ज्ञानेन्द्र शाहलाई सम्मान गर्न पनि आग्रह गरेका छन् । उनले सामाजीक सञ्जाल फेसबुकमा लेखेका छन्।

काङ्ग्रेसका महामन्त्री एंबम अमेरिकी परियोजना एमसिसि पास गर्ने मुख्य पात्र मध्य एउटा पात्रले गुल्मीमा पुगेर राजा लाई चुनाब लडने चुनौती दिनु भएछ राजालाई चुनौती दिन पर्दैन हजुर तपाईंको चुनौतीको सामाना गर्न हामी तयार छौ र सामाना गरेका पनि हौ एक चोटि स्मरण गरनुहोस यहि चुनावमा रुपहेन्दीमा तपाईंका तत्कालिन गृहमन्त्री एंबम काङ्ग्रेसका शीर्षनेताको राप्रपा सङको पराजय अनि नवलपरासीमा तपाईंकै नेता एंबम पुर्ब गृह– राज्यमन्त्रीको पराजय अब भन्नुहोस् कुन ठाउँ कता बाट आउने चुनाब लडने हो हामी तयार छौ।

भारतको दिल्लीमा अमेरिकन र युरोपियन युनियनको सहयोगमा १२ बुदेँ दिल्ली सम्झौता ले ल्याएको बिदेशी ब्याबस्था ढल्दै गएपछी तपाईंका मालिक आतिएपछी तपाईं दिउसै बर्बराउनु स्वभाबिक हो हामिले यसलाई समान्य रुपमा लिएका छौ । तपाईले ले घरमा बाबू आमा र देशमा राजाको सम्मान गर्न सिक्नुहोस आज हामी राष्ट्रपति ब्याबस्था नमाने पनि उतिकै सम्मान गर्छौ ।। उनले भनेका छन् ।

पछिल्लो समय राजतन्त्रको नारा दिएर राप्रपा, दुर्गा प्रसाईं समूहले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै गगन थापाले ज्ञानेन्द्र शाहलाई आफैं चुनाव लड्न आग्रह गरेका थिए् । नेपालमा राजाहरुकै बदनियतकै कारण राजसंस्था गएको भन्दै उनले कांग्रेस कार्यकर्ता यसमा प्रष्ट हुनुपर्ने बताएका थिए । कतिपयले बीपीले राजतन्त्र मानेका थिए, कांग्रेसले बीपीको बाटो छाड्यो भन्दा कांग्रेस कार्यकर्ता नाजवाफ हुन आवश्यक नभएको थापाले बताए । गणतन्त्रमा गणतन्त्रमाथि नै प्रश्न उठाउन, गणतन्त्र चाहिँदैन भन्न र गणतन्त्र फाल्छु भन्न पाइने भन्दै उनले सरकार आत्तिन जरुरी नभएको बताएका छन् । अहिले पछिल्लो समय राजतन्त्रको बारेमा कतिपय खुलेर लागिपरेका छन् ।