Shares
Shares
मंसिर १० - स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीबिच यतिबेला पुन आरोपप्रत्यारोपको दोहोरी चल्न थालेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरूद्वारा सञ्चालित भएको आरोप लगाएका छन्। भने डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।
https://www.facebook.com/laligurashmedianetwork/videos/1374129726525745
उनले विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् र पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन् । उनले भनेका छन्, ’हालै प्रचण्ड सरकारका स्वास्थ्य मन्त्री मोहनबहादुर वस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्ति प्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ। म माथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन भन्न चाहन्छु।
यता वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरूको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत समेत गराएका छन्।
अभियानका सक्रिय डा गोविन्द केसीले आन्दोलन घोषणा गरे त्यसमा सहभागी हुने चिकित्सकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शनिबार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा. केसी ठीक भए पनि उनलाई गिरोहले सञ्चालन गरिरहेको आशयको धारणा राखेका थिए । स्वास्थ्यमन्त्री बस्नेतको उक्त भनाइ बाहिरिएपछि डा. केसीले आइतबार विज्ञप्ति मार्फत आरोप खण्डन गर्नुका साथै स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् ।
यस्तै, केसीले चिकित्सा शिक्षा आयोग बनेको पाँच वर्षकै अवधिमा सन्तोषजनक रुपमा काम गरिरहेको बताएका छन् । अधिकांश ग्रामीण क्षेत्रका मानिसहरु स्वास्थ्य सेवाबाट वञ्चित भएको, निःशुल्क औषधि सेवा उपलब्ध हुन नसकेको, हजारौं स्वास्थ्यकर्मीहरु बेरोजगार रहेको, श्रमशोषण रहेको, सरकारी स्वास्थ्य संस्थाको संख्यामा खासै वृद्धि नभएको, चार दशकअघिकै दरबन्दीमा स्वास्थ्य केन्द्र र अस्पताल सञ्चालन गर्ने बाध्यता रहेको डा. केसीले उल्लेख गरेका छन् । डा केसीले पद सम्हालेयता स्वास्थ्य मन्त्रीले मर्यादा विपरितका कृयाकलाप गर्दै आइरहेको आरोप पनि लगाएका छन्।
’शुरु देखि नै स्वास्थ्य मन्त्री माफियाहरुको पक्षमा नग्न रुपमा नै वकालत गर्दैआई रहेका छन् र संबन्धित सरकारी निकायहरूलाई खुला रूपमा दवाव र धम्की दिई रहेका छन्। मंत्रीले, वुझ्ने क्षमता छ भने के बुझ्नु पर्छ भने अहिले नेपालमा राणातन्त्र वा पंचायत तन्त्र छैन। लोकतन्त्र आएको तीन दशकभन्दा बेसी भई सक्यो तसर्थ प्रजातान्त्रिक मूल्य मान्यतामा चल्न सक्नु पर्छ,’ डा केसीले भनेका छन्।
उनले चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज वा प्रतिष्ठान २०८० सम्म निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा आइसक्नुपर्नेमा त्यसलाई समेत रोकिएको, सरकारी प्रादेशिक अस्पतालहरू नर्सिङ लगायतका कार्यक्रमहरु सञ्चालन गर्न मापदण्ड यथेष्ट पूरा भए पनि वास्ता नगरिएको भन्दै स्वास्थ्यमन्त्रीलाई ती कामहरु गर्न समेत आग्रह गरेका छन् । तर, स्वास्थ्यमन्त्रीले यी चुनौतीहरु सम्बोधन नगरेर मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालनमा रहेका शिक्षालयलाई सम्बन्धन दिन दबाब दिएको डा. केसीको आरोप छ ।
यता स्वास्थ्यमन्त्रीले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी दिँदै उनले नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको जिकिर गरे।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209