Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

कमला बचाऔं अभियानलाई साथ दिने रवि लामिछानेको वचन

कमला बचाऔं अभियानलाई साथ दिने रवि लामिछानेको वचन

११ मंसिर, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमला नदी बचाऔं अभियानलाई साथ दिने बताएका छन् । आज धनुषास्थित कमला नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् ।

कमला बचाऔं अभियानलाई केन्द्रसम्म पुर्‍याने हुलाकी राजमार्गको मुद्दा उठाइरहने उनले बताए । त्यो जिम्मेवारी आफूले लिएको भन्दै उनले सडकदेखि सदनसम्म कुरा उठाउने बताए ।

मधेशले आफूलाई ऋणी बनाएको भन्दै लामिछानेले उक्त ऋण व्याजसहित तिर्ने बताए । मधेशका कार्यक्रममा केन्द्रित भइरहेको रास्वपाले आजदेखि तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा गर्दैछ ।