Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गौशलामा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल

गौशलामा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल

काठमाडौं-

‘राष्ट्र बचाऔं’ महाअभियानमा आवद्ध धर्म गुरु परिवारले सोमबार गौशलामा गरिरहेको प्रदर्शनमा प्रदर्शनकारी र त्यहाँ खटिएका प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको छ।

मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको उक्त महाअभियानअन्तर्गतको प्रदर्शनका क्रममा दुई समूहबीच धकेलाधकेलको अवस्था सिर्जना भएको हो। यतिबेला सो क्षेत्रमा बाक्लो संख्यामा भीड जम्म हुँदा सवारी साधान दोहोरो रुपमा चल्न सकेका छैनन्।

मेडिकल व्यावसायी प्रसाईंले यही मंसिर गतेदेखि ‘राष्ट्र, राष्ट्रियता र नागरिक बचाऔं’ महाअभियानको थालनी गरेका गरेका हुन्। त्यसयता सरकारको ‘नजरबन्द’का बाबजुद पनि उनी र उनका समर्थकले विभिन्न किसिमका आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेका छन्।

प्रसाईंले आन्दोलन सुरु गर्दाको दिन अर्थात् मंसिर ७ गते नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपालले पनि प्रदर्शन कार्यक्रम गरेको थियो।