Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

विपिन जोशी अर्को चरणमा छुट्ने नेपालको आशा

विपिन जोशी अर्को चरणमा छुट्ने नेपालको आशा

काठमाडौं, मंसिर ११-

हमासले पहिलो चरणमा बन्धकमुक्त गरेकाहरू अधिकांश वृद्धवृद्धा, महिला र बालबालिका छन्। उसले युवा र प्रौढलाई पनि बन्धक बनाएर गजा पुर्‍याएको थियो।

बन्धक बनाइएकाहरूमध्ये नेपालका विपिन जोशी पनि छन्। इसराइलले गजामा युद्धविराम गरेयता प्यालेस्टाइनको अतिवादी समूह हमासले ५४ बन्धकलाई मुक्त गरेको छ।सिएनएनका अनुसार आइतबार हमासले थप १३ बन्धकलाई छोडेको छ।

त्यसअघि शनिबार १७ जना र शुक्रबार २४ बन्धकलाई उसले रेडक्रसको जिम्मा लगाएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका(३ का २३ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ुलर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत भदौमा इसराइल गएका थिए।

त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुगेका थिए। विपिनलगायत १७ जना एउटै फार्ममा काम गर्थे। असोज २० गते शनिबार हमासको आक्रमणमा उनीहरूमध्ये १० मारिए। हमासले गोली बर्साउन थालेपछि विपिन साथीहरूसँग बंकरभित्र लुकेर बसेका थिए। विपिनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएका थिए।

पछि हमासले बंकरभित्रै पुगेर गोली चलाई विपिनलाई तानेर लगेको अक्टोबर ७ को घटनापछि नेपाल फर्किएका धनबहादुर चौधरीले बताए। त्यसयता विपिन कुन अवस्थामा छन् भन्नेबारे कहिँकतैबाट सरकारले जानकारी पाएको थिएन।

मंसिर ३ गते इसराइली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्स ट्वीटर मा भिडिओ सार्वजनिक गरेको थियो। त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो।

आइडिएफले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो। आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपिन् हुन्। इसराइलले युद्धविराम गरी हमासले बन्धक छोड्ने सहमति अनुमोदन भएपछि विपिन चाँडै फर्कन्छन् भन्ने थियो। तर पहिलो चरणमा ५० भन्दा बढी बन्धक छुट्दा पनि विपिन जोशी किन छुटेनन्रु

परराष्ट्र मन्त्रालयका प्रवक्तासमेत रहेकी सहसचिव सेवा लम्सालले विपिन जोशी अर्को चरणमा छुट्ने सम्भावना रहेको बताइन्। प्रवक्ता लम्सालले विपिन पहिलो चरणमा नछुट्नुको पछाडि इसराइल र हमासबीच आन्तरिक सहमति मुख्य कारण हुनसक्ने बताइन्।