११ मङ्सिर ,काठमाडौँ ।
पानीको बोतलमा किरा भेटिएपछि काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सोमबार ए। एण्ड वि वेमरेज इन्ड्रस्टिजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको हो ।
ए।एण्ड वि वेमरेज इन्ड्रस्टिजको पानीको बोतलमा किरा भेटिएको महानगरले जनाएको छ । उक्त जरिवाना सात दिनभित्र बुझाउन महानगरले निर्देशन दिएको छ । सो समयभित्र जरिवाना रकम नबुझाए थप कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।