Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिपिन जोशी रिहा हुने आशा बढ्यो ,इजरायल हमासको यु द्धविराम दुईदिन लम्बियो (भिडियो सहित हेर्नुहोस )

बिपिन जोशी रिहा हुने आशा बढ्यो ,इजरायल हमासको यु द्धविराम दुईदिन लम्बियो (भिडियो सहित हेर्नुहोस )

मंसिर १२ ।

इजरायल–हमास युद्धविराम सम्झौतापछि रिहाइ हुने प्रतीक्षामा रहेका विपिन जोशीको रिहाइबारे अनिश्चितता कायमै छ । युद्धविराम सम्झौताको चौथो दिनसम्म उनी रिहा भएका छैनन् । उनी हमास समूहको नियन्त्रणमा रहेको पुष्टि भए पनि उनीसँग कसैको सम्पर्क भएको छैन ।

https://www.facebook.com/laligurashmedianetwork/videos/1474126309826284

चार दिनसम्म जारी रहेको युद्धविरामका क्रममा हमासले थाइल्यान्ड र इजरायलका नागरिकलाई रिहा गरे पनि जोशी भने रिहा भएनन् । युद्धविराम थप दुई दिन लम्बिएकाले यो अवधिमा जोशी रिहा हुने आशा जीवितै रहेको छ । विपिनको परिवार विपिन रिहा हुनेमा आशावादी छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल भनिकि छन विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ । उपलब्ध सबै कूटनीतिक च्यानलको प्रयोग भएको छ । उहाँको रिहाइका लागि हामी प्रतीक्षारत छौँ,’ भनिन्, ‘विपिन जोशीको रिहाइका लागि हरसम्भव प्रयत्न भइरहेको छ ।’

युद्धविराम सम्झौताको चौथो दिनसम्म ५८ जना विदेशीलाई हमास समूहले मुक्त गरिसकेको छ । तर, नेपालका जोशी रिहा हुने विषयमा सरकारदेखि परिवार बेखबर छ । ‘परराष्ट्रमन्त्री विपिन जोशीको रिहाइका लागि दिनरात मिहिनेत गरिरहनुभएको छ । सबै कूटनीतिक च्यानलमा, राजनीतिक नेतृत्वसँग प्रयास भइरहेको जनाईएको छ ।

अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी विभिन्न देशका गरी करिब २५० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये नेपालका विपिन जोशी पनि रहेका छन् । उनी भने अझै हमासको कब्जामा रहेका छन् । हमासको हमलामा परेर नेपालका १० विद्यार्थीले ज्यान गुमाएका छन् । उनीहरुको शव एक महिनापछि नेपाल ल्याईएको छ । तर, विपिनकोबारेमा भने अझै प्रष्ट जानकारी प्राप्त भएको छैन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री साउद र परराष्ट्र सचिव भरतराज पौड्यालले गत साता नेपाल आएका कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुराइखीसँग पनि जोशीको रिहाइका लागि प्रयास गरिदिन अनुरोध गरेका थिए । इजरायल र हमास समूहबीच युद्धविराम गराउन सबैभन्दा बढी भूमिका कतारले निर्वाह गरेको छ ।

हमासका एक अधिकारीले कतार र इजिप्टका प्रयासमा अस्थायी मानवीय युद्धविराम थप दुई दिन लम्ब्याउन सम्झौता भएको बताएका थिए । सम्झौताका सर्तहरूमा कुनै परिवर्तन भएको छैन । यसपटक पनि सम्झौतामा विगतको युद्धविरामको जस्तै शर्त रहनेछ ।

यसैबीच, प्यालेस्टिनी कूटनीतिज्ञ रियाद अल्माल्कीले युरोपेली संघ, पश्चिम एसियाली र उत्तर अफ्रिकी देशहरूका सदस्यहरूसँगको बैठकमा गाजामा युद्धविरामलाई थप गर्न जोड दिन अनुरोध गरे ।

इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २ सयभन्दा बढी इजरायलीको मृत्यु भएको छ । इजरायली आक्रमणमा बालबालिकासहित १४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।