Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दुर्गा प्रसाईको स्वकीय सचिबनै प्रहरीको खोरमा, खोजि खोजि प्रहरीले समाउदै छ दुर्गका समर्थकलाई (भिडियो सहित हेर्नुहोस )

दुर्गा प्रसाईको स्वकीय सचिबनै प्रहरीको खोरमा, खोजि खोजि प्रहरीले समाउदै छ दुर्गका समर्थकलाई (भिडियो सहित हेर्नुहोस )

मंसिर १२ ।

प्रहरीले मेडिकल ब्यबसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरेको छ । थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ । प्रसाईंका स्वकीय सचिव थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् । सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।

https://www.facebook.com/laligurashmedianetwork/videos/332706972826153

प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईँका १५ जना समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित मेडिकल व्यवसायी प्रसाईँका स्वकीय सचिव विना योञ्जन थापासमेत छन् ।

प्रसाईँको आह्वानमा केहीदिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ । भोजराज तमिल्सिना, निकेश बास्तोला, हरि बिशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन् । हिजो प्रर्दशनकारीले गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा उत्तेजक नाराबाजी गरेका थिए ।

बिहीबार बल्खुमा प्रदर्शन गरेका दुर्गा प्रसाईले शुक्रबार राजधानीको तीनकुनेमा प्रदर्शनको तयारी गरेपनि स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले रोकेको थियो । प्रसाईं तीनकुनेमा प्रदर्शनका लागि अनुमति नलिएको भन्दै प्रसासनले रोक लगाएको थियो । प्रसाईंले आफूलाई घरमै प्रहरीले नजरबन्दमा राखेको आरोप लगाएका थिए । गणतन्त्रबादीबाट जनताले उपलब्धि प्राप्त गर्न नसकेको भन्दै अब देशमा राजतन्त्र फर्कनु पर्न बताएका छन् ।

हिजो पनि उनले प्रर्दशनकारीलाई भिढाएर आफु एकातिर भागेका थिए । पछिल्लो समय प्रसाई निक्कै अराजक बन्द गएका छन् । शान्तिपुर्ण प्रदर्शन गरे पनि त हुन्छ । तर, दैनिक जसो मुठभेद गरेर राजतन्त्र फर्किन्छ र ? साच्चै भन्ने हो भने उनको प्रदर्शनमा राजाबादी कम सहकारी पिडित ज्यादा छन् । प्रसाईले मुलत आफ्नो एजेण्डाहरुमा नै सरकारले मिटरब्याजीको ऋिण मिनाह गर्नु पर्ने बताउदै आएका छन् । सरकाले पिडितलाई न्याए दिन नसकेको भन्दै प्रसाई सडकमा आएका हुन् । हिजो भएको प्रदर्शनका क्रममा झडपमा केही प्रदर्शनकारी घाइते भएका हुन् ।

केही सामान्य घाइते हुनुका साथै केहीलाई भने अस्पताल पठाइएको प्रदर्शनकारीहरुले बताएका छन् । प्रसाईले पनि ५० जना भन्दा बढी घाईते भएको बताएका थिए । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कसरी आफू सत्तामा टिकिरहने भन्ने ध्याउन्न छ भने सरकारको मुख्य सहयात्री दल नेपाली कांग्रेस पालो मिचेरै भए पनि चाँडै सत्तासीन हुन चाहन्छ ।यता एमाले कसरी सत्तामा जाने भन्ने सुरमा छ । कसैले राजाबादीको रणाको पिटिरहेका छन् । तर, देशमा संकट चुलीहदा पनिकसैको ध्यान त्यतातिर छैन ।