Shares
Shares
मंसिर १२ ।
पछिल्लो समय राजाबादी र गणतन्त्रबादीका बिचमा मनमुटाब बढ्दो क्रममा छ । राजसंस्था मुख्य एजेण्डा बोकेर हिडेको राप्रपाले पनि शक्ति प्रर्दशन गरेको छ । राप्रपाले नै शक्ति प्रदर्शन गरेपछि राजनितीक दलहरु राप्रपा संग रुष्ट छन् । गणतन्त्रमा संसदको लोगो लगाएर, संसदबाटै तलब भत्ता खाएर राजसंस्थाको ओकालत गरेको भन्दै राप्रपा सांसदलाई दलहरुले कटाक्ष गरेका छन् ।
अझ राजालाई प्रत्यक्ष चुनाब लड्न काँग्रेस महामन्त्री गगन थापाले आग्रह गरे पछि राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले आक्रोस पोखेका छन् । सांसद ज्ञानेन्द्र शाहीले कांग्रेस महामन्त्री गगन थापालाई संकेत गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहको आरोप प्रमाणित गरेर जेल हाल्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीले यस्तो सुझाव दिएका हुन् ।
शाहीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पास गर्ने मुख्य पात्र थापा भएको बताउँदै पूर्वराजा ज्ञानेन्द्रलाई मुर्ती चोर र दरबार हत्याकाण्डको आरोप लगाउनेले प्रमाणित गरेर जेल हाल्न कसले रोकेको छ ? भन्दै प्रश्न गरेका छन् । उनले सामाजीक सञ्जालमा लेखेका छन् । काङ्ग्रेस महामन्त्री एंबम एमसीसी पास गर्ने मुख्य पात्र ज्यु लाई मेरो सुझाव .......
राजा ज्ञानेन्द्रलाई मुर्ती चोर र दरवार हत्याकाण्डको आरोप लगाउनेले प्रमाणित गरेर जेल हाले भैगो त, कस्ले रोकेको छ ?
सरकार तिम्रै छ,
व्यवस्था तिम्रै छ ,
सेना तिम्रै छ,
प्रहरी तिम्रै छ,
अदालत तिम्रै छ,
अनुसन्धान तिम्रै छ,
राष्ट्रपति तिम्रै छ .
दरबार हत्याकाण्ड हुदाँ तिम्रै सरकार थियो,
रामचन्द्र पौडेल गृहमन्त्री तिम्रै थिए,
प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला तिम्रै थिए.।।
होइन भने १२ बुदें दिल्ली सम्झौता गराउने अमेरिका र युरोपियन युनियनको दास बनेर दिउसै बरबराउनु उचित होईन यस्ता गतिविधि ले मुलुक र समाज सहि मार्गमा अगाडि बढन सक्दैन । भन्दै आक्रोस पोखेका छन् । पछिल्लो समय पुर्व राजा ज्ञानेन्द्र शाह प्रति थापाले कटाक्ष गर्दै आएका छन् । गगन थापाले मुलुकको हालको यो व्यवस्था अर्थात गणतन्त्र फाल्छु भनेर बकाइदा भन्न पाइने बताएका छन्।
तर, राजतन्त्रका नाममा उदण्ड मच्याउन नहुने भन्दै आक्रोस पोखेका छन् । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन पास गर्न मुख्य भुमिका गगन थापाको भएको भन्दै ज्ञानेन्द्र शाहि थापासंग रुष्ट छन् । ‘व्यवस्था उल्टाउने’ भन्दै दुर्गा प्रसाईंले सुरू गरेको महाअभियान राजसंस्था समर्थकहरूकै बीच सन्देहको घेरामा परेको छ । प्रसाईंका राजनीतिक एजेन्डाहरू स्पष्ट नरहेको र राजसंस्थाको नाम लिएर आफ्नो दुनो सोझ्याउने प्रयासमात्र गरेको आरोप राजावादीहरूले नै लगाउन थालेका छन् । राप्रपा पनि दुई धारमा छ । जस्ले गर्दा अहिले गणतन्त्रबादी र राजतन्त्रबादीका नाममा मुठभेड हुन थालेको छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209