मंसिर १२ ।
टिकटक स्टार आयुस सिंह ठकुरी र उनकी पाकिस्तानी प्रेमीका अलिजेह जमालीले भुकम्पबाट पिडितलाई २० लाखको सहयोग गरेका छन् । उनीहरु हिजो नै २० लाख बराबरको खाख्न्न लत्ताकपडा बोकेर जाजरकोट प्रस्तान गरेका हुन् । टिकटकको माध्यमबाट नजिकिएका यि दुईले आफ्नो कमाईको थोरै अंश भए पनि भुकम्प पिडितलाई सहयोग गरेका हुन् ।
लामो समय देखि टिकटकको माध्यमबाट सबैको मन जित्न सफल भएका यी जोडिले फेरि सबैको मन जितेका छन् । बुर्खामा रहिरहने अलिजेहले अन्तत बुर्खा पनि हटाएकी छिन् । सबैलाई आफ्नो बोलिबाट लठ्ठ पारेकी अलिजेह बास्तबमा नै सुन्दर छिन् ।
https://www.facebook.com/laligurashmedianetwork/videos/1558961354877710
टिकटकमा लाईभ बसेर उनीहरुले राम्रै कमाई गर्छन् । आयुसले पनि बेलाबेलामा विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग गरिरहेका हुन्छ । उनीहरुले धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर पनि सच्चा प्रेमको दियो बालेका छन् । यति बेला फेरि अलिजेह परिवार संगै आएकी छिन् । उनीहरु २–३ दिन जाजरकोटमा रहेर त्यहाँ राहत बितरण गर्ने जनााएका छन् ।
१ सय ७० बोरा चामल बच्चचाहरुका लागी किताब कापी,स्कुलको झोला,बच्चाहरुको लागी ज्याकेट, दाल चामल, तेल नुन लगाएत सामग्री जाजरकोट लिएर गएका छन् । उनीहरु आफै सामान बोकेर जाजरकोट पुगेका हुन् ।
कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार भूकम्पपछि सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् । जाजरकोटमा मात्रै एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् ।
त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा रहेका छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यामा परेका छन् । त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । केही भूकम्प पीडितको चिसोका कारण ज्यानसमेत गएको छ । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।रुकुम पश्चिममा पनि समस्या उस्तै छ । त्यहाँको पनि पूर्ण विवरण लिने काम भइरहेको छ ।
अहिले चिसोकै कारण जाजरकोट र रुकुम पश्चिममा लगभग १५ जनाको मृत्यु भई सकेको छ । भुकम्पबाट बाँचेका उनीहरुले समयमा राहत नपाउँदा ज्यान गुमाउन बाध्य बनेका छन् । भूकम्पबाट एक लाख २८ हजार नौ सय १७ जना प्रभावित भएको पाइएको छ । भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार दुई सय छ रहेको छ । पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् भने एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यमा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।