Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दुर्गा प्रसाई र समर्थकलाई बाटोबाटै फर्काईदियो प्रहरीले ,काठमाडौ प्रबेशमा रोक (भिडियो सहित हेर्नुहोस )

दुर्गा प्रसाई र समर्थकलाई बाटोबाटै फर्काईदियो प्रहरीले ,काठमाडौ प्रबेशमा रोक (भिडियो सहित हेर्नुहोस )

मंसिर १२ ।

काठमाडौंमा प्रदर्शन गरिरहेका मेडिकल सञ्चालक दुर्गा प्रसाईंको आन्दोलनले दिनहु उग्र रुप लिनथाले पछि आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईंलाई प्रहरी रोकेको छ । हिजो पनि समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप सिर्जना भएको थियो । भक्तपुरको बाट समर्थक सहित नाराबाजी गर्दै हिडेका दुर्गा प्रसाईलाई पेप्सीकोलामा प्रहरीले रोकको हो ।

https://www.facebook.com/laligurashmedianetwork/videos/308305892161446

आज (मंगलबार) आन्दोलनका लागि प्रदर्शनकारीसहित गौशलातर्फ आउन लागेका प्रसाई र उनका समर्थकहरुलाई प्रहरीले पेप्सिकोलाबाटै फर्काइदिएको छ ।प्रदर्शनकारीहरूले सोमवार गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि झडपको स्थिति सिर्जना भएको थियो । उनको आन्दोलनमा सहभागी हुनेहरुको संख्या दिन प्रतिदिन घट्दो क्रममा छ ।

प्रदर्शनका लागि आफ्नो निवास ठिमीबाट तीनवटा गाडीमा प्रदर्शनकारीसहित लिएर निस्केका प्रसाईँलाई पेप्सिकोलास्थित मनोहरा पुलमा प्रहरीले रोकेको थियो । त्यहाँ केही क्षण विवादसमेत भएको थियो । प्रहरीको अवरोधपछि प्रदर्शनकारी र प्रसाईँ निवासतर्फनै फर्किएका छन् ।

उनले गर्ने आन्दोलनमा झडप सिर्जना भइरहने र प्रहरीको कडाईलाई समर्थकले वेवास्ता गर्न थालेपछि यतिबेला प्रहरीले आन्दोलनको कार्यक्रमलाइ नै अघि बढाउन दिएको छैन । समर्थक जुटाएर आन्दोलनको लागि हिडेका प्रसाईलाई काठमाण्डौ प्रबेशमै रोक लगाएपछि समर्थक चढेका गाडीहरु फिर्ता भएको जनाईएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँ समर्थकलाइ बोकेर गौशालामा आउन थालेका थिए । उनको आन्दोलने लिएको उग्ररुपम आन्दोलन वरपरकाका ठाउमा तनावपूर्ण स्थिती सिर्जना हुने गर्छ ।

आन्दोलनको पहिलो दिन मंसिर ७ गते बल्खुमा पनि निकै तनावपूर्ण स्थिती सिर्जना भएको थियो । बल्खुमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि सरकारले तीनकुने क्षेत्रमा पनि रोक लगाएर सिफलमा दिएको थियो ।

समर्थक र प्रहरीबिच दोहोर झडप भएको थियो । झडपले निकै ठूलो उग्र रुप लिन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नेदेखी पानीका फोहोर छयापेको थियो । समर्थकले निषेधाज्ञ पालन नगुर्नका साथै सिंह दरबार र नेताहरुका घर घर्ने आवाज चर्किपछि मुठभेडका अवस्था सिर्जना भएको थियो ।

प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो ।पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य सहित मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा समेत छन् ।

भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन् । उनीहरुलाई गौशाला सहित विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ । प्रदर्शनलाई लक्षित गर्दै उक्त क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ।