Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रास्वपामा वाग्लेलाई उपसभापति, सुमना र विपिनलाई सहमहामन्त्री बनाउने तयारी

रास्वपामा वाग्लेलाई उपसभापति, सुमना र विपिनलाई सहमहामन्त्री बनाउने तयारी

मंसिर १२ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सांसद स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापति बनाउने भएका छन । (रास्वपा) ले तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउने तयारी यतिबेला गरिएको छ ।

कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेर चुनाव जितेका स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने चर्चा पहिलेदेखी नै चलेको थियो । तर लामोसमय पछि यतिबेला महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमै उनलाई उपसभापति बनाउने तयारी भएको हो ।् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका डां वाग्लेले बिभिन्न निकाय तथा अन्तर्राष्टिय संघ सस्थाहरुमा अर्थशास्त्रीका रुपमा काम गरिसकेका छन । प्रतिनिधिसभामा तनहुँ–१ बाट निर्वाचित डा. वाग्ले रास्वपाको अर्थ विभाग प्रमुख समेत हुन । रास्वपामा अहिले सांसद डोलप्रसाद अर्याल (डिपी) उपसभापति छन । यसैगरी दुई सहमहामन्त्री समेत यही

बैठकबाट टुंग्याउने तयारी भइरहेको एक नेताले बताएका छन्। उनका अनुसार सांसद् सुमना श्रेष्ठ र संस्थापक नेता मध्येकै एक विपिन आचार्य सहमहामन्त्री बन्दैछन्।

रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ। त्यही अनुसार नै वैशाख १० को उपनिर्वाचनमा तनहुँ–१ बाट निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउन लागिएको एक नेताले जानकारी दिएका हुन ।

२०२३ को मार्चमा, नेपाली कांग्रेसको दशकौंसम्म सदस्य रहेका वाग्लेले पार्टी सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवाको हातबाट ‘अपमान’ भएको आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए। तनहुँ १ को उपनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। तनहुँ १ मा भएको उपनिर्वाचनमा वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ८७ मतले पराजित गर्दै ५४ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए।

त्यस्तै रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ। रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रीय समिति छ। त्यसमा मोहनबहादुर थापाले ढाकाकुमार श्रेष्ठले अडियो प्रकरणमा नाम मुछेकाले राजीनामा दिएका छन्।

विधानको धारा २३ अनुसार रास्वपाले १२१ सदस्यी केन्द्रीय समिति बनाउन सक्ने छ। त्यस्तै विधानको धारा २५ मा सभापतिसहित ११ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। जसमा सभापति १, उपसभापति २, महामन्त्री १, सहमहामन्त्री २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता १ रहने विधानमा व्यवस्था छ। रास्वपाका २० सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समितिमा रहेका छन्। सांसदमध्ये केहीलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने रास्वपाको तयारी छ।

आजदेखि तीन दिनसम्म चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहनेछ।पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुनेछ। रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेश प्रदेशमै छन्।