Shares
Shares
मंसिर १३ ।
बुटवलको एक अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालका मेसुमाथि कुटपिट भएको छ । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका हुन ।
गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएपछि आफन्तले डाक्टर बस्यालमाथि कुटपिट गरेका हुन् । बच्चा सकुशल जन्मिए पनि आमाको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तहरुले छलफल चलिहरेका बेला मेसुलाई कुटपिट गरेका हुन् । मृतकका आफन्तको कुटपिटबाट गम्भीर घाइते भएका बस्यालको कुटपिटपछि घाइते भएका मेसु बस्यालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनको आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । कुटपिटपछि बेहोस भएका बस्यालको टाउको र पेटमा चोट लागेको छ । आक्रोशित आफन्तहरुले अस्पतालमा तोडफोड समेत गरेका छन् ।
https://www.facebook.com/laligurashmedianetwork/videos/1322359448447530
सुत्केरी गराउन आएकी एक महिलाको सुत्केरी भएको दुई दिनमा मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ। अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो।सोही दिन बिहान शय्याबाट उठाउने क्रममा ढलेर भवानीको मृत्यु भएको थियो।
अस्पतालमा तोडफोड भएपछि मृतकका आफन्त अस्पताल प्रशासन र प्रहरीसहित वार्ता भएको थियो। छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरु हेर्ने बाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए।
तोडफोड भएपछि मृतकका आफन्त, अस्पताल प्रशासन र प्रहरीसहित वार्ता भएको थियो। छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।मेसुमाथि कुटपिट भएपछि अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको छ।बिहानैदेखि अस्पताल आएका बिरामीहरूलाई गेटबाटै फर्काइएको छ। अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरु हेर्ने बाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ। मृतक महिलाको शव भने शववाहनमै रहेको प्रहरीले जनाएको छ। लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले चिकित्सकमाथि हातपात हुनु गलत भएको बताए।
उनले चिकित्सकमाथि हातपात गर्ने जो कोही भए पनि कानुनी कारबाही गर्न माग गरे। पछिल्लो समयमा अस्पतालका स्वास्थ्यकर्मीहरु माथि हातपात हुने क्रम बढेको छ । केही समयअघिमात्र अस्पतालहरुमा यस्ता कुटपिटका घटनाहरु बढेको भन्दै चिकित्सकहरुले आफ्नो स्वास्थ्य सुरक्षाको माग गर्दै राजधानि केन्द्रित पनि आन्दोलन शुरु गरेका थिए । स्वास्थ्यकर्मी माथि आक्रमणको घटनामा कुनै कमी आउन सकेको छैन ।
विभिन्न बहानामा आफुहरुमाथि आक्रमण बढेको बढ्यै गरेपछि लामो समयदेखि स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग गदै सरकारसंग पटकपटक छलफल पनि गरेका छन । चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकले विरोध प्रदर्शन समेत गरेका थिए । विभिन्न जिल्लामा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिँदा पनि राज्यले यो विषयमा कुनै चासो नदेखाएको भन्दै सडकमा पनि उत्रिएका थिए ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209