Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रचण्ड र देउवा बिच पर्यो लफडा, बालकृष्ण खाडलाई छुटाउने देउवाको दाउ(भिडियो सहित हेर्नुहोस)

प्रचण्ड र देउवा बिच पर्यो लफडा, बालकृष्ण खाडलाई छुटाउने देउवाको दाउ(भिडियो सहित हेर्नुहोस)

मंसिर १३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई छुटाउने चलखेल सुरु भएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको अभियोगमा पूर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट सोमबार नै उच्च अदालत पाटनमा बहस सकिएको थियो । आज फैसला आउँदै छ । केहि दिन देखि काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्ड संग खाँडलाई छुटाउन छलफल भएको बुझिएको छ ।

https://www.facebook.com/laligurashmedianetwork/videos/1009582950126151

तर, प्रचण्डले नमाने पछि देउवा प्रचण्ड संग रुष्ट बनेका छन् । खाँडलाई नछुटाए गठबन्ध फुटाउने सम्मको चेतावनी दिएको स्रोतले बताउँछ । त्यसैले हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको भेटबार्ता भएको छ । यो बिषयमा पनि छलफल भएको स्रोतको भनाई छ । यता प्रचण्डले मनत्रीपरिषद हेरफेरको तयारी गरेपछि आशंका झन चुलिएको छ । रास्वपालाई सरकारमा लाने तयारी भएको बुझिएको छ । काँग्रेसले नमाने पुरानै गठबन्धन बिउताउने सम्मको तयारी छ । रबिले पनि सरकारमा जाने संकेत भने पटक पटक गर्दै आएका छन् । बालकृष्ण खाँडलाई छुटाउन देउवाले निक्कै कसरत गरेका छन् ।

गत मंगलबारबाट निरन्तर सुनुवाइको क्रमामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको बहस खाँडका तर्फबाट वकालत गर्ने क्रममा कानून व्यवसायीहरुले खाँडको बहस सकेका छन् । खाँडलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर हुनुपर्ने माग गर्दै वकिलहरुले बहस गरेका छन् । उनीहरुले रकम नै लेनदेन पुष्टि नभएकाले ठगीको अभियोग पुष्टि नै नहुने दाबी गरेका थिए । लामो समयदेखि रोकिएकाले उच्च अदालतबाट बहस सकाउने तयारी गरेको छ । काठमाडौँ जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई त्रुटिपूर्ण भएको भन्दै उनीहरुले पाटन उच्च अदालतमा पुनः सुनुवाइको माग गरेका थिए ।

यता खाँड अन्यायमा परेको दाबी कांग्रेस नेताहरुले गरेका छन् । खाणको गृह जिल्ला रुपन्देहीमा मंगलबार कांग्रेसको प्रथम जिल्ला सम्मेलन उदघाटन सत्रमा बोल्दै कांग्रेस नेताहरूले खाण निर्दोष रहेको जिकिर दाबी गरेका छन् । उनीहरूले खाणलाई विभिन्न तत्वले फसाएको आरोप लगाउँदै रिहाइका लागि पार्टीले पहल गर्नुपर्ने बताएका थिए । बालकृष्ण खाण निर्दोष रहेको जिकिर गर्दै उनको रिहाइका लागि सभापति शेर बहादुर देउवाले जोड दिएका छन् ।

बालकृष्ण खाणसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री टोप बहादुर रायमाझी, गृह सचिव टेक नारायण पाण्डे लगायत अहिले जेलमा छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी खाण पटकपटक मन्त्री बनेका नेता हुन् ।उनी देउवाका प्रिय पात्र पनि हुन् । उनलाई छुटाउन खाँडकी श्रीमती मञ्जुले पनि पटक पटक देउवालाई दबाब दिदै आएकी छिन् । यो भुटानी प्रकरणमा मञ्जु र देउवा पत्नी आरजुको नाम समेत जोडिएको थियो । तर, उनीहरु माथी भने अनुसन्धान हुन सकेको छैन ।