Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

टिकटक अब नखुलाउने, बन्द गरे नगरेकाबारे २४ घण्टा भित्र जवाफ दिन दुर सञ्चारको निर्देशन(भिडियो सहित हेर्नुहोस)

टिकटक अब नखुलाउने, बन्द गरे नगरेकाबारे २४ घण्टा भित्र जवाफ दिन दुर सञ्चारको निर्देशन(भिडियो सहित हेर्नुहोस)

मंसिर १३ ।

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए÷नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

https://www.facebook.com/laligurashmedianetwork/videos/1362039231075407

यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका निर्देशक विजय कुमार रोयले जानकारी दिए । गत कात्तिक २८ गते र मङसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उनले बताए ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

सरकारले टिकटकमाथि प्रतिबन्द लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको थियो । यो संगै सर्वाेच्चले कारण देखाउ आदेश जारी गरेको छ । अब यसको संबैधानिक इजलासमा सुनुवाई हुने छ ।

सामाजिक सञ्जालमा सम्प्रेषित गलत सामग्रीले जातीय, भाषिक, धार्मिक सद्भाव खलबलाउने, राष्ट्रिय एकता र राष्ट्रहितमा प्रतिकूल असर गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने देखिएपछि साइबर ब्युरोले टिकटक कार्यालयसँग छलफल गरेको थियो । छलफलपछि त्यस्ता सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउने तयारी थियो तर, क्याबिनेटको बैठक टिकटकलाई प्रतिबन्ध नै निर्णय गरेको हो । टिकटकमा प्रतिबन्ध लगाए पछि यो बिषयमा चर्काे बहस भइैरहेको छ । सरकाले नागरिको अधिकार माथी हनन गरेको आरोप लागी रहेको छ । सत्ता गठबन्धनकै नेताहरुले प्रधानमन्त्री प्रचण्डको आलोचना गरेका छन् । धेरैले सरकारको कदमको स्वगत पनि गरेका छन् ।

टिकटकले प्रतिबन्धपछि नेपाललाई सात बुँदे पत्र पठाएको थियो । प्राप्त पत्रमा टिकटकले नेपालको दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै उक्त प्लेटफर्मलाई बन्द गर्ने सरकारको निर्णयबाट आफू ‘चकित परेको’ जनाएको थियो । अहिले यो बिषयमा बहस जारी छ । दुर सञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक संस्थालाई टिकटक बन्द गर्न निर्देशन दिए संगै धेरैको मोबाईलमा टिकटक बन्द भईसकेको छ । केहि मात्रामा भने इन्टरनेटहरुले टिकटक नहटाएका कारण कसै कसैकोमा चलिरहेको थियो । अहिले सबै इन्टरनेट प्रादयकलाई हटाउन चेतावनी दिईएको छ ।