मंसिर १३ ।
इजरायलमा विद्रोही हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने भएका छन । युद्धबिरामको क्रममा पनि बिपिन जोशी रिहाई नभएपछि मन्त्री आफै कतार पुगेर रिहाईको पहल गर्ने भएका हुन । परराष्ट्रमन्त्री एनपी साउद विपिन जोशीको रिहाइको पहलका लागि मङ्सिर २३ मा कतार जान लागेका हुन् ।
यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।
परराष्ट्र मन्त्री साउदले आज (बुधवार) गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनी दोहा २१ औँ फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।
https://www.facebook.com/laligurashmedianetwork/videos/1262789891077518
विपिनको परिवार विपिन रिहा हुनेमा आशावादी छन् दिनहु उनको बारेमा बन्ने समाचारले परिबारमा आशा जिवितै राखेको छ र यतिबेला त मन्त्री नै रिहाइको पहल गर्न कतार जाने खबरले परिवरमा थप आशाबादि बढाएको छ । अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी विभिन्न देशका गरी करिब २५० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये नेपालका विपिन जोशी पनि रहेका छन् । उनी भने अझै हमासको कब्जामा रहेका छन् । हमासको हमलामा परेर नेपालका १० विद्यार्थीले ज्यान गुमाएका छन् । उनीहरुको शव एक महिनापछि नेपाल ल्याईएको छ । तर, विपिनकोबारेमा भने अझै प्रष्ट जानकारी प्राप्त भएको छैन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का २३ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत गत भदौमा इजरायल गएका थिए। उनीसँगै गएका ४९ जना विद्यार्थीमध्ये १० हमास आक्रमणमा मारिएका थिए ।
गत मङ्सिर ३ गते इजरायली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) मा भिडिओ सार्वजनिक गरेको थियो। त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्यमा दुईमध्ये एक नेपाली रहेको आइडिएफले भनेको थियो।आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपिन हुन्। इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा युद्धविराम दुई दिन थप गरेको थियो । चार दिने समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले जनाएको थियो तर त्यसमा पनि बिपिन रिहा हुन भने सकेनन ।
इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २ सयभन्दा बढी इजरायलीको मृत्यु भएको छ । इजरायली आक्रमणमा बालबालिकासहित १४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।