Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नबराज बिकको हत्याराको बिषयमा बल्ल बोले परिवार,दाई बोल्दा बोल्दै भक्कानिए

नबराज बिकको हत्याराको बिषयमा बल्ल बोले परिवार,दाई बोल्दा बोल्दै भक्कानिए

मंसिर १८ । हामी धेरैलाई थाहा छ , आज भन्दा साढे तीन वर्षअघि २०७७ जेठ १० गते अन्तरजातीय विवाह गरेका कारण जाजरकोटका नवराज विकसहित ६ जनाले ज्यान गुमाए । यतिबेला दलितका लागि दलित पत्रकार खगेन्द्र सुनार जो भन्दै नबराज बिकको परिवारको न्यायका लागि लडिरहेका छन ।

उनी घटनाभएदेखी नै कहिले अनशन त कहिले बिभिन्न न्यायको लागि कार्यक्रमहरु गरिरहेका छन । पिडितका परिवारहरु यतिबेला न्यायको पर्खाईमा रुकुम अदालतको गेटमा दिनरात बिताएका छन । भाई मर्यो सहौ ,न्याय मरेको सहन सक्दैनौ भन्दै पत्रकार खगेन्द्र सुनार सहितको टिम यतिबेला कठ्यांग्रिदो चिसोमा अदालतको गेटमा दिनरात बिताएका छन । उनी भन्छन हत्याको पुग्यो बर्ष तीन, नवराजले न्याय पाउने दिन !हामी अदालतकै ढोकामा छौं, भन्दै अदालतमा चलिरहेको मुद्दाको बहसको अवस्थाको बारेमा सामाजिक सञ्जालबाट जानकारी गराइरहेका छन ।छोराका हत्या भयो न्यायको हत्या नहोस भन्दै पिडित परिवारहरुले धर्ना देखी बिरोधका कार्यक्रमहरु गरिरहेका छन ।

https://www.facebook.com/laligurashmedianetwork/videos/3523022111345540

रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) का न्यायाधीश खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइमा सोमबार पनि पीडिततर्फका वकिलहरूले बहस गर्ने सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए।आइतबार पीडिततर्फ सरकारी वकिलसहित ९ जना वकिलले बहस गरेका थिए। सोमबार पनि त्यही संख्यामा वकिलहरूले बहस गर्ने अनुमान छ।

आइतबार सरकारी वकीलहरू चन्द्रबहादुर सिंजाली र सहायक सरकारी वकिल राजेन्द्र रेग्मीले आइतबार बहस गरेका थिए। पीडिततर्फका निजी वकिलमध्ये वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी समेत ७ जनाले बहस गरेका थिए।

उक्त मुद्दामा बहस गर्न २४ जना वकिलले रुकुम जिल्ला अदालतमा नाम दर्ता गराएका छन्। त्यसमा थप हुन सक्ने सूचना अधिकारी कोइरालाले बताए। २४ जनामध्ये पीडित पक्षबाट १७ जना वकिल छन् भने प्रतिवादीतर्फ बहस गर्न सात जना वकिल छन्।मंगलबारसम्म उक्त मुद्दाको अन्तिम सुनुवाइको बहस सकिने अदालतले जनाएको छ। मुद्दाको अन्तिम फैसला आउन भने केही दिन लाग्नेछ।

साढे तीन वर्षअघि २०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो। उक्त दिन भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरुसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न पुगेका थिए।

दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लखेटेर हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो। मध्यपहाडी लोकमार्गको पुग्दै गर्दा गाउँलेले नवराजको समूहलाई घेरा हाल्दै आक्रमण गर्न थालेका थिए । घरेलु हतियारसहित आएका गाउँलेले हँसिया, लाठीलगायत बाटोमा रहेका ढुंगा प्रयोग गर्दै नवराजको समूहमाथि कुटपिट गरि मारेका थिए ।

घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालीन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानबिन समितिले उक्त घटना नियोजित रुपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। घटनाको अनुसन्धानका क्रममा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रतिवादीहरूविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। २ जना बालकसहित ११ जनालाई तारेखमा छोडिएको थियो। कानुनले मात्र होईन ब्यवहारमा पनि अब छुवाछुतको ब्यवहार हुने छैन भनेर संसदले २१ ज्ेठ ०६३ मा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर ब्यवहारमा भने प्रेम गर्ने युवायुवतीले दुब्र्यहार सहनुपर्नेमात्र होईन ज्यान गुमाउनुपर्ने अवस्था अहिले पनि छ ।