Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

पश्चिम नेपालमा हिमपात, जनजीवन कष्टकर

पश्चिम नेपालमा हिमपात, जनजीवन कष्टकर

मंसिर १८, काठमाडौं–

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा भारतीय राज्य उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। नेपालका पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आइतबार रातिदेखि नै हिमपात भएको छ। मनाङ, मुस्ताङ र हुम्ला जिल्लामा आइतबार रातिदेखि हिमपात भएको हो।

हिमपातका कारण जनजीवन प्रभावित भएको छ। मुस्ताङमा यो सिजनकै पहिलो हिमपात भएको हो। हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ। भूकम्प प्रभावित कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिम जिल्लामा पनि चिसो बढेको छ। भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका भूकम्पपीडितको जनजीवन झन् कष्टकर बनेको छ।