काठमाडौँ । मन्त्रिपरिषद्ले निर्णय गरी बन्द गरिएको लोकप्रीय समाजिक सञ्जाल टिकटक अब भने खुलेको छ । यदी तपाईँ वल्र्डलिंक, डिसहोम फाइबरनेट र ब्रोडलिंकको इन्टरनेट सेवा लिइरहनुभएको छ भने तपाईँको मोबाइलमा अब टिकटक ढुक्कले चल्ने छ । तर यी भन्दा बाहेक अन्य इन्टरनेट सेवा प्रदायकमा भने टिकटक चल्ने छैन । यी तीन सेवा प्रदायकले भने सरकारले टिकटक बन्द गरेको निर्णय अबज्ञा गर्दै टिकटक खुलाएका हुन् ।
स्रोतका अनुसार वल्र्डलिंक, डिसहोम फाइबरनेट र ब्रोडलिंकका उच्च अधिकारीको अनौपचारिक वैठकसँगै टिकटक खुलेको हो । यी तीन इन्टरनेट सेवा प्रदायकले काठमाडौंबाहिर टिकटक खुलाईसकेका छन् ।
यस अघि टिकटक बन्दभयसगँै टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन भन्दा बढी रिट दर्ता भएका छन् । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरुले सर्वोच्चमा रिट दर्ता गरेका थिए । ती मुद्धा हालसम्मपनि अदालतमा विचाराधीन अवस्थामै छन् । तर सरकारको अनुमतीविना वल्र्डलिंकसहित तीन इन्टरनेट सेवा प्रदायकले आफुखुशी टिकटक खुलाएका हुन् ।
यी तीन सेवा प्रदायकले अनौपचारिक बैठक बसेपछि टिकटक खुलाएका हुन् । काठमाडौँमा तत्काल टिकटक नचलेपनि काठमाडौं बाहिरका चार ठाउँमा रहेका लोकल सर्भरबाट टिकटक खुलाउने निर्णय गरेको स्रोतले बताएको छ । त्यसलगत्तै तीनवटै आइएसपीका ग्राहकहरूको डिभाइसमा टिकटक चल्न थालेको छ ।
काठमाडौंमा भने तत्काल नखोल्ने रणनीति छ । काठमाडौंमा खोल्दा सरकारी निकायको ध्यान जाने र कारवाहीमा परिने डरले यस्तो निर्णय लिइएको स्रोतको भनाइ छ ।
टिकटक प्रतिवन्धविरूद्धको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै छन् भने सेवा पदायकहरुले आफुखुसी यस्तो निर्णय लिएका हुन् । आइएसपीहरूले आफूखुशी टिकटक खुलाएर सरकारलाई ठाडो चुनौति पनि दिएका छन् ।
यसअघि सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढेको भन्दै टिकटक बन्द गर्न सरकारलाई चौतर्फी दवाव पनि आएको थियो । त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा नेपालभित्र टिकटक बन्द गर्ने निर्णय गरिएको थियो ।
कतीले सरकारको यो निर्णयको समर्थन गरिरहेका छन् भने कतिले हालसम्मपनि विरोध गरिरहेका छन् । टिकटकलाई कतीले कला देखाउने थलोका रुपमा लिए भने कतीले चर्तिकला देखाउने थलोका रुपमै पनि लिएका थिए । टिकटक बन्द भएपछि केही हदसम्म भएपनि अमर्यादित गतिविधि कम भने पक्कै भएकै हो । तर यसरी केही सेवा प्रदायकले आफुखुसी लिएको यो निर्णयले टिकटकले फेरी कस्तो रुप लेला भन्नेतर्फ सबैको ध्यान खिचेको छ ।