काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले अव एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने प्रावधान बनाएको छ । २०८० देखि लागु हुने गरी राष्ट्रिय परीक्षा बोर्डले यस्तो प्रवधान बनाएको हो । यो सँगै अव एसइई परिक्षा दिने विद्यार्थीहरुले ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने बताएका हुन् ।
नेसनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न पनि विद्यार्थीलाई आग्रह गरेका छन् ।
बोर्डका अध्यक्ष डा। शर्माले भनेका छन् ‘एसइईमा अब एनजी प्रणाली लागू हुँदै छ। यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ।
योसँगै गएका बर्षहरुका तुलनामा यस बर्षबाट भने सामान्य नतिजामै परिक्षा उत्तिर्णा गर्ने मौका पनि कम देखिएको छ । ३५ प्रतिशत नल्याय विद्यार्थीहरु फेलनै हुनेछन् । गत बर्षहरुमा नन ग्रेडिङ प्रणाली थियो जसका कारण डी प्लस् सम्म ल्याउने विद्यार्थीहरु पास हुँदै आएका थिए ।
गएका बर्षका एसइई नतिजा हेर्ने हो भने पनि उच्च ग्रेडको नतिजामा पास हुने विद्यार्थीको सँख्या नीकै कम छ । २०७९ को नतिजामा पनि २०७२ सालको परिक्षा प्रणाली अनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याएर जिद्यार्थीहरु पास भएका थिए । जसकारण उल्लेख्या सँख्यामा बिद्यार्थीहरु पास भएका थिए । तर उच्च ग्रेड भने आएन । अबको नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनु पर्ने व्यवस्था छ । सोही अनुसार यो बर्षबाट यस प्रणालीको लागु गरिएको हो ।
अबको नयाँ पद्धति अनुसार भने सबै विषयमा ३५ प्रतिशत भन्दा कम अङ्क ल्याउने विद्यार्थी लाई नन ग्रेडेडमा राख्ने व्यवस्थामा उल्लेख गरिएको छ ।
प्याप्सनको भनाइअनुसार नपढे पनि उत्तीर्ण भइन्छ भन्ने भ्रम विद्यार्थी र अभिभावक दुबैलाई भएका कारण यस्तो निणर्य लिइएको हो ।
मार्गनिर्देशनमा नेसनल प्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अक्षरांक प्रणालीका कारण नपढे पनि उत्तीर्ण भइन्छ भन्ने विद्यार्थी र अभिभावक अझै भ्रममा रहेको बताए । उनले यस्ता भ्रममा नपरी सिकाइलाई मजबुद बनाउँदै लैजान विद्यार्थीलाई आग्रह गरेका छन् ।
यसैगरी पूर्वपरीक्षा नियन्त्रक तथा उपसचिव अर्जुनबहादुर रायमाझी, नेसनल प्याब्सनका केन्द्रीय सदस्य जिबी खड्कालगायतले कोभिडका कारण बिग्रिँदै गएको पढाइको पद्धतिलाई विद्यालय, अभिभावक तथा विद्यार्थी सबैले सुधारेर लैजानुपर्नेमा जोड दिएका छन् ।