Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

मन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै संसद भवन घेराउ

मन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै संसद भवन घेराउ

काठमाडौँ । सँस्कृती तथा पर्यटन मन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै संसद भवन घेराउ गरिएको छ । आज क्रिस्मसकै दिन क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्ने धम्की दिएको भन्दै मन्त्री किराँतीविरुद्ध संसद भवन अगाडी नाराबाजी भइरहेको छ ।

सनातन धर्माम्बलम्वीहरुले आज गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्ने कार्यक्रमनै आयोजना गरेका हुन् । उनीहरुले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।

मन्त्री किराँती कसैको प्रवक्ता जस्तो बनेर दिएको अभिव्यक्तिको प्रदर्शनकारीले विरोध गरेका छन् । यस अघि पनि उनको अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो । विभिन्न राजनीतिक दलहरुलेपनि उनको अभिव्यक्तीको चर्को आलोचना गर्दै विरोध प्रर्दशन समेत गरेका थिए ।

मन्त्री किँरातीले ‘क्रिश्चियनलाई मान्दिन भन्न,ु संविधान नमान्नु र संविधान नमान्ने देशद्रोही हुन् भनेका थिए । त्यतीमात्र नभएर संविधान नमान्नेलाई हत्कडी लगाएर जेलमा हालिदिने जस्ता उग्र भाषण गरेको थिए । सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको यो अभिव्यक्तिको चर्को विरोध भइरहेको छ । हुँदाहुँदै यो विषय संसदीय समितिको बैठकमा समेत प्रवेश पाएको छ।

उनले यती सम्म भने की प्रधानमन्त्री प्रचण्डलाई समेत जिजससँग तुलना गर्न भ्याय । संसारले मानेको धर्म नेपालीले किन नमान्ने भन्दै उनले प्रधानमन्त्री पु्ष्पकमल दाहाललाई जिसस क्राइस्टसँग तुलना गरेका हुन् ।

्संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरु भएपनी नेपालमा चाहिँ क्रिस्चियन माथि थिचोमिचो भएको आरोप पनि लगाएका थिए । नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिस्चियनलाई मान्दिन भन्नेहरु संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरुलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले भनेका थिए । यही अभिव्यक्तीका कारण मन्त्री सुदन किराती विवादमा तानिएका हुन् ।

नेपाल वायु सेवा निगमका विषयमा छलफलका लागि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहिबार राखेको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले पनि किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले मन्त्री किरातीमाथि देशमा द्वन्द्व निम्त्याउने अभिव्यक्ति दिएको आरोप लगाउँदै सार्वजनिकरुपमा माफी माग्न आग्रह समेत गरे।

त्यसैगरी राप्रपाले पनि मन्त्री किराँतीलाई पदमुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । राप्रपाले सामाजिक सदभाव बिथोल्ने र साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै मन्त्री किरातीमाथि कानुन बमोजिम कार्बाही गर्न समेत माग गरेको छ।

यसरी आफ्नो अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि मन्त्री किरातीले प्रष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले बहसका लागि सबैलाई धन्यवाद लेख्दै संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरौ । अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको जिकिर समेत गरेका छन् ।