Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

पशुपति हिन्दू विश्वविद्यालय द्रुत गतिमा अघि बढाउन मन्त्री किरातीको निर्देशन

पशुपति हिन्दू विश्वविद्यालय द्रुत गतिमा अघि बढाउन मन्त्री किरातीको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति हिन्दू विश्वविद्यालय द्रुत गतिमा अगाडी बढाउन निर्देशन दिएका छन् । विश्व विद्यालय स्थापनका लागि डा। जगमान गुरुङको संयोजकत्वमा गठित समितिको बैठकमा मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् ।

गत चैतमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै उनले आफूले मन्त्रालयस्तरबाट गर्नुपर्ने समन्वय र पहलबारे सुझाव दिन आग्रह गरे । समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको जानकारी गराएका छन् ।

पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशकसमेत रहेका समितिका सदस्य सचिव डा। घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसंगै परिषदबाट हुने नीतिगत निर्णय सहज भएमा विश्व विद्यालय स्थापनाले गति लिने बताए । यो विश्व विद्यालयले विशेष गरी अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने गरी प्रारम्भिक रूपरेखा बनिरहेको बताए ।

यस विश्व विद्यालयमा नेपालका सबै धर्म शास्त्रहरुको अध्ययन अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताए ।