काठमाडौँ । स्वास्थ्यका क्षेत्रमा निकै संवेदशिल बन्दै आएको काठमाडौं महानगरपालिकाले अब स्वास्थ्य बीमा कार्यक्रमको तयारी थालेको छ ।
महानगरवासीको स्वास्थ्यलाई मध्येनजर गदै नगर प्रमुख बालेन शाहले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । यसका लागि बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य विमा गरिसकेपछि महानगरका प्रति ५ जनाको परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बीमा बोर्डले महानगरपालिका अन्तर्गत रहेको प्रवद्र्धन केन्द्रलाई शोध भर्ना गर्ने महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताएका छन् ।
काठमाडौँ महानगर र स्वास्थ्य बीमाको हस्तक्षर पत्रमा पनि स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।
महानगरपालिकाले यस अघि पनि नगरवासीलाइ सस्तो मुल्यमा औषधी उपलब्ध गाराउने व्यवस्था गरेको छ भने, नगरभित्र मापदण्ड विपरित अबैध खोलिएका औषधि पसल हटाइसकेको छ ।
महानगरको स्वास्थ्य विभागले महानगरपालिका भित्रका ४ स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर भाडामा दिने प्रस्तावको १५ दिने सूचना प्रकाशित गरेको थियो ।
महानगरपालिकाले महाराजगञ्ज क्षेत्रमा वडा नम्बर ३ को स्वास्थ्य प्रबद्र्धन केन्द्र नजिकै, वीर अस्पताल क्षेत्रमा वडा नम्बर २२ को स्वास्थ्य प्रबद्र्धन केन्द्र नजिकै, कालीमाटी क्षेत्रमा १३ नम्बर वडाको स्वास्थ्य प्रबद्र्धन केन्द्र नजिकै, लैनचौर क्षेत्रमा वडा नम्बर २६ को स्वास्थ्य प्रबद्र्धन केन्द्र नजिकैको घर भाडामा लिने जनाएको हो ।
यसरी महानगरपालिकाले नगरवासीको स्वाथ्यका लागि विभिन्न योजनाहरु बनाउँदै आएको छ । मेयर बालेन शाहले नगरवासीका लागि शिक्षा, स्वास्थ्य, पुर्वधार लगायतका हरेक क्षेत्रमा नयाँ नयाँ कामहरु गरिरहेका छन् । एक पटक निर्णय गरेपछि सो काम गरेरै छाड्ने गरेका बालेनले प्रत्येक पटक नगरवासीको मात्र नभएर सिँगो देशकै जनताहरुको मन जित्दै आएका छन् ।
अहिले पनि स्वास्थ्यकै क्षेत्रमा प्रयोगका लागी महानगरपालिकाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्वास्थ्य उपकरण किनिरहेको छ । महानगरका अनुसार सबै वडाका लागि बीमा दर्ता सहयोगी छनोट भइसकेका छन् । बीमा बोर्डले दर्ता सहयोगीका लागि तालिम दिएपछि बीमा गराउन उनीहरु घर घरमा पुग्ने बताइएको छ ।