Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

४ घण्टापछि मन्त्री सांसदसहित जनमतका नेता कार्यकर्तालाई रिहा गरियो ।

४ घण्टापछि मन्त्री सांसदसहित जनमतका नेता कार्यकर्तालाई रिहा गरियो ।

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसहित पक्राउ परेका जनमत पार्टीका नेता कार्यकर्ता रिहा भएका छन् ।

महेन्द्र पुलिस क्लबमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं पुगेर रिहा गरेको जनमतका प्रवक्ता डा। शरदसिंह यादवले बताएका छन् ।

जनमत पार्टीले ‘राष्ट्रिय धोती दिवस’ को ¥यालीमा ¥याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि अनितासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिन, पक्राउ परेकाहरूलाई छाड्नुपर्नेलगायतका माग राखेर मन्त्रीले अनसन पनि थालेकी थिइन् ।

निषेधित क्षेत्र माइतीघरमा जान लागेपछि मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सके राउत, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलगायत करिब सय जनालाई पक्राउ गरिएको थियो ।

दिवस मनाउन माइतीघरमण्डला पुगेकी मन्त्री सहित जनमत पार्टीका नेताहरुलाई सोमबार प्रहरीले पक्राउ गरेर राखेपछि सरकारसँग विभिन्न माग गदै उनी अनसन बसेकी थिइन । प्रहरीले पक्राउ गरी उनलाई महेन्द्र पुलिस क्लबमा राखिएको थियो । सोही स्थानबाटै उनले अनसन थालेकी थिइन् ।

जनमत पार्टीको ‘राष्ट्रिय धोती दिवस’ र्को यालीर्मा याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि अनितासहितका जनमत पार्टीका नेता कार्यकर्तालाई प्रहरीेले सोमबार पक्राउ गरेको थियो ।

निषेधित क्षेत्र माइतीघरमा जान लागेपछि मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सिके राउत, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलगायत करिब सय जनालाई पक्राउ गरिएको थियो ।

माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा नै गरेको छ । निषेधित क्षेत्र तोकेपछि त्यहाँ कुनै किसिमका प्रदर्शन भएका छैनन् । तर जनमत पार्टीले यस क्षेत्रमा पसेको भन्दै प्रहरीले जनमत पार्टीका नेताहरुलाई धमाधम पक्राउ गरेको थियो ।

प्रहरीले भने आज साँझसम्ममा उनीहरुलाई छाडिने जनाएको थियो तर पक्राउ परेको ४ घण्टपछि पक्राउ परेका सबै छुटेका हुन् ।

जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् ।

उनीहरु राष्ट्रिय धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका थिए । त्यहीकारण जनमत पार्टिका अध्यक्ष सिके राउत सँगै एक अन्य जनमत पार्टीका नेताहरु पक्राउ परेका थिए ् ।

केही समयअघि माइतीघर मण्डलामा स्थानीय प्रशासनले माइतीघर क्षेत्रमा कुनै पनि सभा सम्मेलन, प्रदर्शन गर्न रोक लगाएको छ ।

तर उनिहरु राष्ट्रिय धोती दिवसको अवसरर्मा याली लिएर माइतीघर जान खोजेका थिए । काठमाडौंको सुरक्षा व्यवस्थालाई

मध्यनजर गरेर सरकारले केही समयअघि माइतीघर मण्डलालगायत उपत्यकाका विभिन्न क्षेत्रमा –याली, जुलुस, प्रदर्शन गर्न निषेध गरेको छ ।