Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्री कार्यालय, सर्वोच्चलगायत प्रशासनिक केन्द्रमा वैद्यका युवाको अर्धनग्न प्रदर्शन

प्रधानमन्त्री कार्यालय, सर्वोच्चलगायत प्रशासनिक केन्द्रमा वैद्यका युवाको अर्धनग्न प्रदर्शन

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बोलिरहेको समयमा उनकै कार्यालय अगाडी एक समुहले अर्धनग्न भएर प्रर्दशन गरेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर नग्न प्रदर्शन गरेका हुन् ।

सामान्य अवस्थामा सिँहदरबार छिरेका उनिहरु एक्कासी कपडा उतारेर प्रर्दशन गर्न थालेको प्रहरीले बताएका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको आँगनमै पुगेर ३ जना युवाले सरकारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका हुन् । उनीहरुले प्लेकार्ड सहित प्रदर्शन थालेका थिए । उनीहरुले मान्छे मार्न पाइँदैन, नो एमसीसीुलगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

सामान्य पोशाकमा सिंहदरबार छिरेका युवा प्रधानमन्त्री कार्यालयको ढोकैअगाडि पुगेर अर्धनग्न बनेका थिए । शुरूमा त्यहाँ रहेका सुरक्षाकर्मी अन्योलमा परेका थिए । उनिहरुलाई तत्काल थप प्रहरी आएर पक्राउ भने गरिसकियाको छ ।

ढोकैअगाडि प्रदर्शन भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु भने कार्यालयमै थिए ।

निषेधित क्षेत्र तोडेर सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन सबैतिर एकैपटक प्रदर्शन गर्ने नीतिअन्तर्गत प्रदर्शन गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका एक नेताले बताएका छन् ।

प्रर्दनकारीले बालकुमारी घटना, एमसीसी, महंगी, भ्रष्टाचार लगायतविरुद्ध प्रदर्शन गरिएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले घटनाको ब्रिफिङ गरेपश्चात आफुले बालकुमारीमा भएको घटना बाहिरा हेर्दा देखिएको जस्तो मात्र नभएर भित्र त्यसको रहस्य अर्कै भएको बताएका छन् । ‘दुई जना युवाको ज्यान जाने गरी जस्तो परिवेशमा जसरी हत्या भएको छ, ईपीएसमा जे जस्ता गतिविधि भएका छन्, गाडी जलाउने जस्तो गतिविधि भएको छ’ भन्दै उनले बाहिर देखिएको जस्तो नभएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले यो घटनामा भित्र अर्कै केही रहस्य रहेको भन्ने अनुभूत गरेको बताएका हुन् ।

उनले आफूसँग कुनै प्रमाण नभएपनि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन छैन भन्ने प्रश्न उब्जिएको बताए । त्यही कारण तुरुन्त सम्बन्धित अधिकारीहरुलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीले बताएका हुन् ।

यस विषयमा उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले पनि घटनामा सँलग्न जती सवैलाई कारबाही हुने बताएका हुन् । संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा ठुलो क्रृटी भएको बताउँदै घटनामा सँगग्नलाई कारबाहि हुने बताएका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा गृहमन्त्री श्रेष्ठले प्रारम्भिक रुपमा कमजोरी देखिएकाहरुलाई निलम्बन गरेको समेत बताएका हुन् ।

सोमबार सरकारले उच्चस्तरीय आयोग बनाएको भन्दै सबै पक्षमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।

पौष १३ गते भएको उक्त घटनालाई लिएर हालसम्म पनि संसदिय दलहरुको उच्चस्तरिय बैठक भइरहेको छ । त्यतीमात्रै नभएर सो घटनालाई लिएर देशका विभिन्न ठाँउमा आन्दोलन समेत भएको छ ।