Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

कुलेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कुलेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका वडा नम्बर १४ को कुलेश्वरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा ७४३ जना सर्वसाधारण लाभान्वित भएका छन् ।

कुलेश्वर आवासिय मावि। र काठमाडौं सक्रिय युवा समाजको आयोजना, लाइन्स क्लब अफ काठमाडौं नेचुरल, लाइन्स क्बल अफ काठमाडौं पचलीभैरबको सह–आयोजना तथा कामनपा १४ सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य क्षेत्रमा सो क्षेत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिकसँगै गरिब विपन्न समुदायका नागरिकले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा ४२ जनाको इसिजी, ११३ जनाको ल्याब परीक्षण, ८९ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा २३ जनाको दाँत खोलिँदा २८ जनालाई थप उपचारका लागि ओ।टी। रेफर गरिएको छ । केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँदेखि शहरसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनरल मेनेजर दाहालले बताए ।

शिविरमा केएमसीका नाक कान घाँटी, आँखा रोग, दन्त रोग, स्त्री रोग, जनरल मेडिसिन, बाल रोग, नसा तथा हाडजोर्नी विभागका विभागीय चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा दिने गरेका छन् । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष रहेका हाल प्रतिनिधि सभाका सांसद डा. सुनिल कुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए । स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न डा। शर्माले सुरु गरेको स्वास्थ्य शिविरबाट हज्जारौं सर्वसाधारण नागरिक लाभान्वित भइसकेको केएमसीका अर्थोपेडिक विभागका विभागीय प्रमुख वरिष्ठ चिकित्सक डा. विमलकुमार पाण्डेले जानकारी दिए ।