Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

हर्कको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न दलहरु पुग्दा भयो लफडा

हर्कको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न दलहरु पुग्दा भयो लफडा

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाए पछि फेरि फोटो राख्न पार्टीका कार्यकर्ता साम्पाङको कार्यकक्षमा पुगेपछि लफडा भएको छ । केहिन केहि कुरालाई लिएर साम्पाङ सधैँ बिबादमा तानिरहन्छन् । केहि समय अगाडी सम्म सबैका प्रिय साम्पाङ आजभोली भने सस्तो लोकप्रियताले खस्किदै गएका छन् ।

विभिन्न राजनीतिक दलका युवा तथा भातृ संगठनका कार्यकर्ता मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न पुगेपछि यतिबेला धरान उपमहानगरपालिका परिसरमा तनाव बढेको छ । परिस्थिति असामान्य हुनसक्ने भन्दै यतिबेला त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । सामाजीक सञ्जालमा स्ट्याटस लेख्दै साम्पाङले भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु १ जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु १ जय देश १ भनेर स्ट्याटस लेखेको भोली पल्टै फोटो हटाए ।

कांग्रेस, एमाले, माओवादीलगायत दलका युवा तथा विद्यार्थी संगठनका कार्यकर्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो लिएर उपमहानगरपालिका पुगेका थिए । परिस्थिति असहज हुनसक्ने भन्दै प्रहरीले आफूहरूलाई रोकेको राष्ट्रिय युवा संघ नेपालका कोशी अध्यक्ष अरुण गुरुङले बताए । अहिले प्रहरीले हर्क साम्पाङसहित समर्थक र तस्बिर लिएर गएका कार्यकर्ताका प्रतिनिधिलाई सँगै राखेर छलफल गराइरहेको छ ।

केही दिनअघि धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै हर्कले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् । विकास निमार्ण र जनताको काममा सरकारको बिरोध गरे पनि अनावश्यक रुपमा आफ्नो बौद्धिक स्तर घटाउनु राम्रो भने पक्कै होईन । काकाकुल बनेका धरानेलाई पानी ख्वाउनु, बसक्षा रोपण गरेर आफ्नो स्थानको संसक्षण गर्नु, श्रमदान गर्न सिकाउनु भनेको उनको तारिफ योग्य काम नै छ । तर, कहिले कहीँ उनी राज्य बिरुद्ध नै खनिन्छन् । राष्ट्रिपति र प्रधानमन्त्रीको फोटो हटाउने उनी भने पहिलो होईनन् काठमाडौँका मेयर बालेन शाहले पनि फोटो हर्टार ग्रेटर नेपालको नक्सा राखेका छन् । बालेनले ग्रेटर नेपालको नक्सा राखदा ताली पिट्नेहरु हर्कले यलम्बरको फोटो राख्दा बिबादमा तानिएका छन् । पाँचवटा राजनीतिक दलले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अराजकरूपमा प्रस्तुत भइरहेको आरोप लगाउँदै आएका छन् । धरानमा क्रियाशील पाँच राजनीतिक दलले साम्पाङ मेयर भएपछि निरन्तर अराजकतातर्फ लागेको बताएका हुन् । एक संयुक्त प्रेस विज्ञप्तिमार्फत नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र एकीकृत समाजवादीले धरानका मेयर साम्पाङले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणालीमाथि गम्भीर प्रहार गरेको बताएका थिए । साम्पाङको सामाजिक सञ्जालको प्रस्तुति र गतिविधिले निरङ्कुश र उदण्ड शैलीमार्फत हिटलरको बाटोमा हिँड्न खोजेकै हुन त ? भन्ने बहसलाई उजागर गरेको दलहरूको भनाइ छ ।