काठमाडौँ । यतीबेला अस्पतालको आकस्मिक बेडमामाथी एउटा कुकुर बसेको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको एउटा फोटो यतीबेला सामाजिक सञ्जालमा भाइरल भईरहेको हो । अस्पतालको इमर्जेन्सी बेडमा कालो हल्का सेतो रँग मिसिएको कुकुर सुतिरहेको फोटो यतीबेला सामाजिक सञ्जालभरी फैलिएको छ ।
कपिलवस्तु अस्पतालभित्र कुकुर बस्यो कुरा यतीमात्र होइन । इमर्जेन्सी बेडमा कुकुर पल्टियर सुतेको फोटो सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बननै गरेको छ ।
अस्पतालको इमर्जेन्सी विभागमा २४ सै घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमै कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्।
इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल बनेको थियो । घटना केही दिन अगाडीको भएपनि यो विषयमा अहिले हल्लाखल्ला भइरहेको छ । अस्पताल प्रशासनको सोमबार बसेको बैठकले घटनाको छानबिनपछि ३ जना कर्मचारीलाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालको इमर्जेन्सी जस्तो कक्षमा झन्डै पाँच मिनेटसम्म कुकुर आएर बसेको खुलेको छ । उक्त घटनाको छानबिनमा कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको खुलेको हो । अस्पतालमा रहेको सिसिटिभी फुटेज चेक गरेपछि उक्त कुरा प्रमाणित भएको थियो । अस्पतालका मेसु बिपिन जैसवालले लापरवाही गर्ने ३ जनालाई निलम्बन गरिएको जानकारी दिएका छन् ।
अस्पतालको इमर्जेन्सी बेड भन्नेवित्तीकै अप्ठ्यारामा परेका विरामीहरुलाई राखिने ठाँउ भन्ने बुझिन्छ । तर यसरी विरामी राखिने ठाँउमा बाहिराबाट आएका कुकुर बस्दा विरामीलाई अझ असर पर्न सक्छ । विरामीहरुले पनि आफुले सुरक्षित महसुस गरेर उपचार गर्न पाउनुपर्छ ।
तर २४ बिसै घण्टा खुला हुने फाटका ती कर्मचारीले आफ्नो ड्युटी पालनामा हेलचक्राई गरेको भन्दै अस्पताल प्रशासनले उनीहरुलाई निलम्बन गरेको हो । निलम्बन गर्ने कर्मचारीहरुको नाम भने अस्पताल प्रशासनले सार्वजनिक गरेको छैन।
गत पुस ३ गते मध्यरातमा इमरजेन्सी फाँटको बेडमा कुकुर सुतेको सामाजिक संजालमा भाइरल बनेको थियो। पेट दुखेर अस्पतालमा उपचार गराउन आएका मायादेवी गाउँपालिकाका सुरेश कुमार पाण्डेयले बेडमा कुकुर सुतेको देखे पछि फोटो खिचेका थिए।
तीन दिन अघि उनले सो फोटो आफ्नो फेसबुक वालमा राखेका थिए। त्यही विषयमा अस्पताल प्रशासनको सोमबार बसको बैठकले घटनाको छानबिन पछि तीन जनालाई निलम्बनमा राखेको बताइएको छ ।
अस्पतालमा रहेका सिसि फुटेज चेक गरेपछि उक्त कुरा खुलेको थियो । अस्पतालका मेसु बिपिन जैसवालले लापराबाही गर्ने तीन जनालाई निलम्बन गरिएको बताएका हुन । उनले अस्पतालमा लापरबाही गर्ने कसैलाई पनि नछाडिने चेतावनी समेत दिएका छन् ।