Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

उपचार खर्च जुटाउन नसक्दा दुर्गाप्रसादको अस्पतालमै वास

उपचार खर्च जुटाउन नसक्दा दुर्गाप्रसादको अस्पतालमै वास

काठमाडौँ । अस्पतालमा उपचार खर्च पुर्याउन नसक्नु कुनै नौलो समस्या होइन तर रोग निको भइसक्दापनि उपचार खर्च तिर्न नसकेर एउटा सामान्य परिवारको व्यक्ती अस्पतालमै रहिरहनु भने निकै दुखदायी कुरा हो । हाम्रो देशमा अस्पतालमा उपचार खर्च तिर्न नसक्नु विगतदेखिकै समस्याको रुपमा रहँदै आएको छ ।

त्यस्तै इलामको माई नगरपालिका १० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् ।

उपचार गरेको खर्च जुटाएर तिर्न नसक्दा उनी विगत ६ महिनदेखि अस्पतालको शैयाँमै छन् ।

लामो समय भारतीय जेलमा विताएका शर्मालाई परिवारले २०७७ सालमा स्वदेश फर्काएका थिए ।

२०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । ६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको परिवारजनको गुनासो छ ।

दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले घरको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालबाट घर ल्याउन नसकिएको बताएका छन् ।

गोपालले दुर्गाप्रसादको थप उपचारका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट सहयोगको प्रस्ताव आइरहे पनि अहिले राखिएको अस्पतालबाट निकाल्न नसकिएको बताएका हुन् ।

शर्माको उपचारमा हालसम्म सात लाख १५ हजार खर्च भइसकेको छ । तर अस्पतालाई भने तीन लाख मात्र बुभाmएको र बाँकी चार लाख १५ हजार

तिर्न बाँकी हुँदा अस्पतालमै रहुनु परेको परिवारको गुनासो छ । पैसा नतिरी अस्पतालले जान दिँदैन तीर्न पैसा छैन । कस्तो विडम्बना ।

अस्पतालमा छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी भएको जनाउँदै भतिज गोपाले उनले अहिले हिसाब–कति पुग्यो थाहा नभएको बताउँछन् ।

‘अस्पतालले बारम्बार फोन आउँछ । तीर्न पैसा छैन परिवारको गुनासो छ ।

थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ ।

‘दुर्गाप्रसादमा देखिएको रोग सिजिफोर्नियाँ हो’, दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उनीमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको थियो । ‘विराटनगरमा गरिएको उपचारले समेत निको नभएपछि चितवन लगिएको परिवारको भनाइ छ ।

इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । उनी २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए ।

घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका थिए ।

विभिन्न सङ्घसंस्थाको पहलमा उनलाई २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो । अहिले उनकी आमाको निधन भइसकेको छ ।

इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसाद घर आएपछि नागरिकता प्रदान गरेको थियो ।

कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो । उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ नगद प्रदान गरेको थियो ।

लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यको भनाइ छ ।