Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ल्याण्डफिल साइडमा फोहोरको गन्धले छोराको विहे हुँदैन

ल्याण्डफिल साइडमा फोहोरको गन्धले छोराको विहे हुँदैन

काठमाडौँ । सुन्दा पनि अनौठो लाग्छ, गाउँमा फोहोर भएको भन्दै ल्याण्डफिल्ड साइट क्षेत्रका युबाहरुको विवाह गर्न कठिन हुन थालेको छ । काठमाडौंको फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दाको दुष्परिणाम यतिबेला ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय जनताले भोग्दै आएका छन् । यस क्षेत्रका अधिकांश स्थानीयलाई रोगले च्यापेको छ । त्यसमा झन्डै ८० प्रतिशतमा क्यान्सर देखिएको छ । कृषि उत्पादनमा कमी हुँदै गएको छ भने भएको उत्पादन पनि कुहिएर झर्न थालेको छ । त्यति मात्रै होईन त्यहाँको मुल समस्या छोरा मान्छेको बिबाह गर्न कठिन हुनु हो । त्यहाँका अधिकाशं स्थानियको गुनासो त्यही छ । कसैले छोरी दिदैन र दिईहाले पनि त्यहाँ बस्न मान्दैनन् । त्यहाँका धेरै युबाको गुनासो नै त्यहि छ । सबैले प्राय आफ्ना छोरी चेलीको बिबाह राम्रै ठाउँमा गर्न चाहन्छन् । तर,त्यहाँको अवस्था यति बिग्रीसकेको छ कि विवाह गर्न पनि मुस्कील पर्न थालेको छ । स्थानीय युवतीहरूको विवाह गाउँ बाहिर भए पनि बाहिरबाट विवाह भएर आउनेमा कमी भइसकेको छ । यस क्षेत्रमा बाहिर गाउँ समुदायको कसैले पनि छोरीचेली दिन मान्दैनन् । छोराको बिहेवारीमा कमी हुँदै गएको छ । आफ्नो जग्गा छोडेर विस्थापित हुनुपर्ने अवस्था आइसकेको गुनासो उनीहरूको छ । उपत्यकाको सबै फोहोर त्यहाँ लगेर थुपारे पछि अहिले उब्जनी समेत हुन छाडेको छ । स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन् । यसले स्थानीयको आयआर्जन र उद्यमशीलतामा असर पुगेको छ । ल्याण्डफिल्ड साइट रहेको सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रको जमिन किनबेच हुँदैन । साथै बैंकले धितोसमेत अस्वीकार गर्न थालेको छ । यस क्षेत्रका स्थानीयको आर्थिक चक्र नै ठप्प भएको छ । जन्मजातै क्यान्सर बोकेर आउनुपर्ने बाध्यता आफूहरूमा रहेको स्थानिएको गुनासो छ । फोहोरको गन्धले टाउको दुख्ने समस्या त दैनिक रूपमा नै भोग्नुपर्ने अवस्था छ । नुवाकोटको सिसडोलबाट २०६२ सालमा २ वर्षको क्षमता रहने गरी सुरु भएको अस्थायी स्यानिटरी ल्याण्डफिल्ड अहिले ओखरपौवा हुँदै बञ्चरेडाँडासम्म पुगेको छ । २ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्याण्डफिल्डमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन १३ वर्षसम्म गरिएको थियो । सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रमा काठमाडौँ उपत्यकाको फोहोर निरन्तर फाल्न थालेको १९ वर्ष बढी भइसकेको छ । फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्दा स्थानीय जनता मारमा परिरहेका छन् । यस क्षेत्रको समग्र विकासमा असर गरिरहेको छ । स्थानीय गाउँ छोडेर बसाइँ सर्न थालेका छन् । केही समय यस्तै रहे स्थानीयको जीवन रक्षा गर्न पूरा गाउँ नै स्थानान्तरण गर्नुपर्ने विज्ञहरूले चेतावनी दिएका छन् । सरकारले त्यहाँका स्थानियलाई पटक पटक आश्वासन दिए पनि अहिले सम्म समस्ीयाको समाधान हुा सकेको छैन । पटक पटक आन्दोलनमा उत्रिएका स्थानीयलाई सरकारले वेवास्ता गर्दै आएको छ । जस्ले गर्दा त्यहाँका जनता निकै समस्यामा छन् ।